२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अनौठो सत्य : बर्षौदेखि कोमामा रहेकी महिलाले जन्माइन् स्वस्थ्य बच्चा

1709 Shares
Spread the love

पछिल्लो समय अमेरीकाको एक अस्पतालमा यस्तो घटना सार्वजनिक भएको छ । जो मानिसहरुलाई सुन्दै अपत्यारीलो लाग्न सक्छ । तर त्यो कुरा भने सत्य भएको बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाको एरिजोना राज्यका एक अस्पतालमा कोमामा बर्षौदेखि कोमामा रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । त्यही पनि समान्य अवस्थाको बच्चा, फिनिक्स क्षेत्रमा पर्ने हेसिन्डा हेल्थकेयरको एउटा क्लिनिकम १० वर्षदेखि कोमामा रहेकी महिलाले शिशुलाई जन्म दिएको अमेरिकी टिभी च्यानल सीबीएसका जनाएका छन् ।

पहिचान गोप्य राखिएको ति महिला गर्भबति भएको त्यहाँका अन्य कर्मचारीलाई समेत थाहा नभएकोे जनाएको छ । फिनिक्स प्रहरीले यो घटनामाथि अनुसन्धान भैरहेको बताएको छ । यी महिलाले २९ डिसेम्बरमा बच्चालाई जन्म दिएको थियो । यस्तो घटना भएपछि अस्पतालले अब ती महिलालाई भेट्न पुरुष जाँदा अस्पतालकै एक महिला स्टाफ पनि सँगै लैजानु पर्ने नियम बनाएको छ ।

यस नियमले यस अघिका घट्नालाई नकार्न नसके पनि पछि हुने घटना भने पक्कै नियन्त्रण गर्न सकिने अस्पतालले जनाएको छ । एजेन्सी

प्रतिक्रिया