२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

भारतीय क्रिकेट टीमलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई

1345 Shares

काठमाडौं : भारत र पाकिस्तान वर्षौँदेखि दुश्मनी मोल्दैआएका छिमेकी देश हुन् । पाकिस्तान भारतबाट अलगिएदेखि नै सीमा क्षेत्रमा दोहोरो भिडन्त हुँदैआएको छ ।

उनीहरुको दुश्मनी त त्यतिबेला देखिन्छ, जतिबेला दुई देशका क्रिकेट खेलाडी मैदानमा देखिन्छन् । भारत र पाकिस्तानी क्रिकेट टोली मैदानमा खेलिरहँदा त्यो खेल भन्दा पनि बढी लगभग युद्ध जस्तो भइदिन्छ ।

यति सम्म कि, भारतमा बसेर पाकिस्तानी क्रिकेट टीमको प्रसंसा गर्नु निकै जोखिमको कुरा हो । पाकिस्तानी प्रधानमन्त्री तथा पूर्व क्रिकेटर इमरान खानले भने भारतका क्रिकेट कप्तान विराट कोहलीलाई बधाइ दिँदै सबैलाई दंग्याइदिएका छन् ।

हालै अष्ट्रेलियामा भएको टेस्ट सिरिजमा भारतले पहिलो पटक जितेपछि भारतीय खेलप्रेमीले त खुसियाली मनाए नै, दुश्मन ठानिएका पाकिस्तानी पूर्व क्रिकेटर खानले समेत खुसियाली मनाउँदै बधाइ दिए ।

उनले आज ट्वीटरमा विराटलाई बधाइ दिँदै लेखेका छन्, ‘ अष्ट्रेलीयाको टेस्ट सिरिजमा पहिलो पटक जित हात पारेकोमा विराट कोहली र इन्डिया क्रिकेट टीमलाई बधाइ !’

७१ वर्षे इतिहासमै अष्ट्रेलीयामा भएको टेस्ट सिरिजमा भारतको तर्फबाट पहिलो विजेता कप्तानको रुपमा विराटले आफ्नो नाम लेखाएका छन् । उनको टीमले अष्ट्रेलीयामै यो जितको खुसीयाली मनाएका थिए ।

पूर्व क्रिकेटर इमरानले भने प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै भारतसँग सम्बन्ध सुधारका लागि केही पहल गर्दैआएका छन् । भारतीय क्रिकेट टीमप्रति सद्भाव देखाउँदै उनले गरेको ट्वीट अहिले चर्चामा पनि छ ।

प्रतिक्रिया