२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

950 Shares
समाचार प्रतिनिधि स्केच

भोजपुर, २४ पुस
भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् ।

बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।

बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो । आरोपितलाई मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । दुवै नाबालक भएकाले नाम भने गोप्य राखिएको प्रहरीको भनाइ छ । (रासस)

प्रतिक्रिया