२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नाच्दै गाउँदै टोकियोमा रविले ओडले तताए माहौल (भिडियो)

2421 Shares
Spread the love

काठमाडौँ। पहिलो साङ्गीतिक प्रस्तुतिको लागि ‘नेपाल आइडल २’ का टप ५ प्रतिस्पर्धी अहिले जापानमा छन्। पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन्।

उनीहरूले जापानको फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिए। कार्यक्रममा नेपाल आइडलका प्रस्तिस्पर्धिले नेपालीलाई साङ्गीतिक मनोरञ्जन दिए। टोकियोमा आयोजित कार्यक्रममा नेपाल आइडल रवि ओडले चर्चित गीत ‘बेहोसीपछि त होसमा आउँदा क्या दामी’मा आफ्नो प्रस्तुति दिए। गीतमा वास्तविक स्वर शिव परियारको रहको छ।

हेर्नुस् रवि ओडको प्रस्तुति

https://www.youtube.com/watch?v=bych4-csHQg

प्रतिक्रिया