२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

चीन भ्रमणमा निस्किए किम जोङ उन

1250 Shares
Spread the love

एजेन्सी । उत्तर कोरीयाली नेता किम जोङ उन श्रीमतीलाई लिएर चीन भ्रमणमा निस्किएका छन्। उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन पुगेको बताइएको छ।

श्रीमती रि सोल जुसहित चीन पुगेका नेता किम पर्सिसम्म चीनमा रहने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किमबीच दोस्रो शिखर सम्मेलनको तयारी भइरहेको भन्ने खबर सार्वजनिक भइरहेका बेला किम सुटुक्क चीन पुगेका हुन्।

उनको भ्रमणका बारेमा भने केही पनि नखुलाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

एक वर्षभन्दा कम समयमै किम जोङको यो चौथो चीन भ्रमण हो। किम रेलमा चढेर चीन गएको हुनसक्के अनुमान गरिएको छ।

प्रतिक्रिया