२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आफ्नै सहयोगीले यसरी राजदूत शेर्पाको पद खुस्काए

1462 Shares
Spread the love

काठमाडौं । तत्कालिन माओवादीसँगको सहकार्यमा बनेको शेरबहादुर देउवा नेतृत्वले अष्ट्रेलियाका लागि नियुक्त गरेको राजदूत लक्की शेर्पा आफ्नै सहयोगी वाङ्छु शेर्पाको खुलासापछि पद गुमाउन पुगेकी छन् ।

शेर्पालाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वर्खास्त गरेको हो ।

मानव तस्तकरीको गम्भीर आरोप लागेपछि परराष्ट्र मन्त्रालयले एक छानविन समिति बनाएको थियो ।

सो समितिको प्रतिवेदनअनुसार मन्त्रिपरिषद्ले उनलाई सोमबार वर्खास्त गरेको उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार शेर्पासँग पटक पटक सोधिएको स्पष्टीकरणमा चित्त नबुझेपछि उलाई बर्खास्त गरिएको हो ।

वर्खास्त राजदूत शेर्पा तत्कालिन माओवादी कोटाबाट राजदूत बनेकी थिइन् । राजदूत बनेपछि आफ्ना श्रीमानसँग मिलेर उनले मानव तस्करीको धन्दा चलाएको उनकै सहयोगी वाङ्छु शेर्पाले खुलासा गरेका थिए ।

सहयोगी शेर्पाले आफु पनि करिब ३२ लाख रुपैयाँ ठगिएको दावी गरेका थिए ।

प्रतिक्रिया