२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

‘हुलाकी’ बाबुका १३०० सन्तान

1475 Shares
Spread the love

एजेन्सी । तपाइले एक मानिसको १० देखि २० जना सम्म बच्चा भएको सुन्नु भएको छ । तर तपाई कल्पना गर्न सक्नुहुन्छ ? कुनै एक मानिस १३०० बच्चाका बुबा बनेका छन् । यो कुरा सुन्दा जो सुकैलाई आश्चर्य लाग्न सक्छ । तर एक व्यक्ति त्यस्ता छन्, जसले यति धेरै महिलासँग सम्बन्ध बनाए कि उनका बच्चाको संख्या १३०० पुग्यो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेली मेलका अनुसार १३०० बच्चाका बुबा ८९ वर्षीय एक हुलाकी हुन् । यी हुलाकीले आफै सो बयान स्वीकारेका छन् । उनले भने,’ ६० को दशकमा गर्भनिरोधक साधनको प्रयोग निकै न्यून थियो ।’ हुलाकी त्यस समयका प्रख्यात गायक जोनी केशबाट प्रभावित थिए । उनले जोनी केशको जस्तै हाउभाउमा महिलाहरुलाई आफुप्रति आकर्षित पार्दै सम्बन्ध बिस्तार गर्दथे।

१३०० बच्चाका बुबा बनेको खुलासा त्यस समय भयो, जब हुलाकीको परिवारले एक जासूसलाई आफ्नो  बायोलोजिकल बुबा खोज्न भनेर भन्यो । १५ वर्षमा हजारौ डिएनए नमुना परीक्षण भए । सन् २००१ मा सुरु भएको परीक्षण अहिले आएर सकिएको छ । यो परीक्षणको समाप्तिसँगै हुलाकी १३०० बच्चाका बुबा भएका खुलासा भयो । तर उनको बच्चाको संख्या भने अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया