२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आयल निगमका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा

1014 Shares
Spread the love

काठमाडौँ, २३ पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले आज मुद्दा दायर गरिएको हो । लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको बताइएको छ ।

प्रवक्ता दङ्गालका अनुसार खड्कामाथि निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोग लागेको छ । आयोगले दर्ता गरेको मुद्दाको विस्तृत विवरण आउन बाँकी छ । (रासस)

प्रतिक्रिया