२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

रहस्यमय मृत्यु भएकी पोर्नस्टारको मृत्युको रहस्य उनकै अन्तिम पोर्न भिडियोले खोलिदियो

912 Shares
Spread the love

क्यालिफोर्निया। पोर्न फिल्ममा काम गर्ने अभिनेत्री अगष्ट एम्सको रहस्यमय मृत्युको विषयमा वास्तविकता खुल्नै लागेको छ । एक पत्रकारले दावी गरेका छन् कि उनको मृत्युको रहस्य उनको अन्तिम पोर्न भिडियोमा लुकेको छ । एम्स ५ डिसेम्बर २०१७ मा दक्षिण क्यालिफोर्नियामा मृत अवस्थामा भेटिएकी थिइन् । उनले त्यतिबेला आत्महत्या गरेको मानिएको थियो । तर, अहिले ती पत्रकारले निकै आश्चर्यजनक खुलासा गरेका छन् ।

मृत्युको २ दिन पहिले अगष्टले आफ्नो ट्वीटरमा ट्वीट गरेकी थिइन् कि उनी ती व्यक्तिसँग पुर्न शुट गर्ने छैनन् जसले पहिले गे (पुरुष समलिंगी) पोर्नमा काम गरिसकेका छन् । अगष्ट एक गे व्यक्तिसँग शारीरिक सम्बन्ध बनाउनको लागि सहज थिइनन् । त्यसपछि उनकै उद्योगका मानिसहरुले उनको कडा आलोचना गरेका थिए । ट्वीटको २ दिनपछि उनी एक पार्किङ एरियामा मृत भेटिएकी थिइन् । मानिसहरुले मानेका थिए कि उनले डिप्रेशनमा आएर आत्महत्या गरेकी थिइन् ।

यो विषयमा पुलिसको जाँच जारी छ । यही बीचमा पत्रकार जोन रनसनले अगष्टको अन्तिम पोर्न भिडियो फेला पारे जो उनको मृत्युको ठिक अगाडि रेकर्ड गरिएको थियो । पत्रकार जोनले दावी गरेका छन्, यो भिडियोमा अगष्ट आफ्नो जिन्दगीदेखि वाक्क भइसकेको प्रस्ट बुझ्न सकिन्छ । जोनका अनुसार यो भिडियो उनले त्यतिबेला भेटे जब उनले मृत पोनृस्टारका केही म्यासेज पढ्दै थिए । यी म्यासेन अगष्टले एक साथीलाई पठाएकी थिइन् । यो म्यासेजमा उनले आफ्नो अन्तिम भिडियोमा आफूसँग काम गर्ने मार्कस डुप्रीका बारेमा लेखेकी थिइन् । उनले लेखेकी थिइन् ‘ऊ खुंखार राक्षसजस्तै छ, ऊबाट बच्नू ।’

यो म्यासेज पढेपछि जोनले अगष्टको अन्तिम पोर्न भिडियो खोजी गर्न थाले । जोनका अनुसार यो भिडियोमा कैयौं यस्ता दृश्यहरु छन् जहाँ मार्कस डुब्रीले गलत तरिकाले काम गरेका छन् । यो भिडियोमा डुप्रीले जबरजस्ती पोजिशन फेर्न लगाउनुका साथै अगष्टमाथि दबाब पनि बनाएका छन् । जहाँ अगष्ट कैयौं ठाउँमा असहज र विवश देखिएकी छिन् । टेपको अन्तिममा कानुनी प्रक्रियाका लागि जब एम्ससँग सोधियो कि उनीसँग कुनै गलत व्यवहार त भएन ? एम्सले निकै सानो स्वरमा ‘हो’ भनिन् । उनको अनुहार यो बताइरहेको थियो कि उनीमाथि अत्याचार भएको छ र उनी रुनेवाली थिइन् । पत्रकार जोनका अनुसार अगष्टले आत्महत्या गर्नुको कारण उनीमाथि भएको अत्याचार हो ।

प्रतिक्रिया