क्यालिफोर्निया। पोर्न फिल्ममा काम गर्ने अभिनेत्री अगष्ट एम्सको रहस्यमय मृत्युको विषयमा वास्तविकता खुल्नै लागेको छ । एक पत्रकारले दावी गरेका छन् कि उनको मृत्युको रहस्य उनको अन्तिम पोर्न भिडियोमा लुकेको छ । एम्स ५ डिसेम्बर २०१७ मा दक्षिण क्यालिफोर्नियामा मृत अवस्थामा भेटिएकी थिइन् । उनले त्यतिबेला आत्महत्या गरेको मानिएको थियो । तर, अहिले ती पत्रकारले निकै आश्चर्यजनक खुलासा गरेका छन् ।
मृत्युको २ दिन पहिले अगष्टले आफ्नो ट्वीटरमा ट्वीट गरेकी थिइन् कि उनी ती व्यक्तिसँग पुर्न शुट गर्ने छैनन् जसले पहिले गे (पुरुष समलिंगी) पोर्नमा काम गरिसकेका छन् । अगष्ट एक गे व्यक्तिसँग शारीरिक सम्बन्ध बनाउनको लागि सहज थिइनन् । त्यसपछि उनकै उद्योगका मानिसहरुले उनको कडा आलोचना गरेका थिए । ट्वीटको २ दिनपछि उनी एक पार्किङ एरियामा मृत भेटिएकी थिइन् । मानिसहरुले मानेका थिए कि उनले डिप्रेशनमा आएर आत्महत्या गरेकी थिइन् ।
यो विषयमा पुलिसको जाँच जारी छ । यही बीचमा पत्रकार जोन रनसनले अगष्टको अन्तिम पोर्न भिडियो फेला पारे जो उनको मृत्युको ठिक अगाडि रेकर्ड गरिएको थियो । पत्रकार जोनले दावी गरेका छन्, यो भिडियोमा अगष्ट आफ्नो जिन्दगीदेखि वाक्क भइसकेको प्रस्ट बुझ्न सकिन्छ । जोनका अनुसार यो भिडियो उनले त्यतिबेला भेटे जब उनले मृत पोनृस्टारका केही म्यासेज पढ्दै थिए । यी म्यासेन अगष्टले एक साथीलाई पठाएकी थिइन् । यो म्यासेजमा उनले आफ्नो अन्तिम भिडियोमा आफूसँग काम गर्ने मार्कस डुप्रीका बारेमा लेखेकी थिइन् । उनले लेखेकी थिइन् ‘ऊ खुंखार राक्षसजस्तै छ, ऊबाट बच्नू ।’
यो म्यासेज पढेपछि जोनले अगष्टको अन्तिम पोर्न भिडियो खोजी गर्न थाले । जोनका अनुसार यो भिडियोमा कैयौं यस्ता दृश्यहरु छन् जहाँ मार्कस डुब्रीले गलत तरिकाले काम गरेका छन् । यो भिडियोमा डुप्रीले जबरजस्ती पोजिशन फेर्न लगाउनुका साथै अगष्टमाथि दबाब पनि बनाएका छन् । जहाँ अगष्ट कैयौं ठाउँमा असहज र विवश देखिएकी छिन् । टेपको अन्तिममा कानुनी प्रक्रियाका लागि जब एम्ससँग सोधियो कि उनीसँग कुनै गलत व्यवहार त भएन ? एम्सले निकै सानो स्वरमा ‘हो’ भनिन् । उनको अनुहार यो बताइरहेको थियो कि उनीमाथि अत्याचार भएको छ र उनी रुनेवाली थिइन् । पत्रकार जोनका अनुसार अगष्टले आत्महत्या गर्नुको कारण उनीमाथि भएको अत्याचार हो ।