
यतिबेला भारतमा कर छलि गर्दे कालो धन राखेको आशंकामा साउथका चर्चित नायकहरुको घरमा आयकर विभागको छापा परिरहेको छ । केही समय अगाडी साउथका चर्चित नायक महेश बाबुको २ बैंक एकाउण्ट नै सरकारले सिल गरेको थियो भने यतिबेला आयकर विभावले कन्नड फिल्मका हस्तीहरुको घरमा छापा मारिरहेको छ । ३ जनवरीदेखि ५ जनवरीसम्म गरिएको छापामा ११ करोड सम्पत्ति सरकारले जफत गरिसकेको छ ।
यसैबीच कन्नड फिल्मका चर्चित नायकहरु केएफजि स्टार यसदेखि लिएरशिवाराज कुमार ,पुनीत कुमार, सुदीपको घरमा पनि आयकर विभागको छापा परेको छ । जहाँ यी नायकहरुको सम्पत्ति जफत गरिएको भारतीय मिडियाहरुले जनाएका छन् । केजिएफ स्टार यसको यो फिल्म बक्सअफिसमा हिट भएसंगै उनको घरबाट आयकर विभागले छापा हान्ने कामको सुरुवात गरेको थियो ।
त्यसबाहेक चर्चित निर्माताहरुसंगै वेंकटेशको घरमा पनि छापा मारिएको छ । जहाँ नगददेखि सुनसम्म जफत गरिएको छ । छापा मारिएका कलाकारहरुले आफुले कालो धन नराखेको र कर तिरिरहेको दाबी गरेको भएतापनि विभागका कर्मचारीहरुले उनीहरुले गोप्य रुपमा गरिएको आम्दानी नदेखाएको दाबी गरेको छ ।