२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

क्रिश्चियन धर्मसँग आफ्नो नाम जोड्ने प्रयास भएको भन्दै माधवकुमार नेपालको आपत्ति

1658 Shares
Spread the love

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भईरहेको भन्दै आपत्ति जनाउनु भएको छ ।

नेकपाका वरिष्ठ नेता नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तराष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको पनि स्पष्टिकरण पनि दिनु भयो । सोमबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एशीया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराउनु भएको थियो ।

सोही सम्बन्धमा स्पष्टिकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गर्नु भयो । उहाँले सो समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भईरहेको भन्दै आपत्ति पनि जनाउनु भयो । वरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले एशीया प्यासिफिक समिटमा पहिलो पटक सहभागी हुने विपी कोइराला भएको जवाफ पनि काँग्रेस सांसद राजभण्डारीलाई दिनु भएको थियो । सो समिटमा काँग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा विरोध गर्ने काम भएको वरिष्ठ नेता नेपालको गुनासो छ ।

प्रतिक्रिया