२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

वाइडबडी खरिदमा भ्रष्टाचार भएको लेखा समितिको ठहर, हदैसम्मको कारवाही गर्न सिफारिस

2074 Shares
Spread the love

काठमाडौं। संघीय संसदको लेखा समितिले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको समितिको बैठकले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सो प्रकरणमा संलग्नलाई हदैसम्मको कारवाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय भएको समितिका सभापति भरत शाहले जानकारी दिए। समितिले वाइडबडी  खरिद प्रकरणमा छानविन गर्न गठित उपसमितिको प्रतिवेदन परिमार्जनसहित लेखासमितिले पारित गरेको छ।

यसअघि तत्कालीन सचिव प्रेमकुमार राई, वहालवाला सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन मन्त्री जीवनबहादुर शाही, जितेन्द्र नारायण देव र वर्तमान मन्त्री रवीन्द्र अधिकारीलाई कारवाहीको सफारिस गरिएको थियो।

तर यअसघिका दुई जना मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्नेर वहालवाला मन्त्रीलाई हदैसम्मको कारवाहीको सिफारिस गरिएको भन्दै उपसमितिको प्रतिवेदनप्रति विवाद भएको थियो।

सोमबार बसेको समितिको बैठकले तत्कालीन पर्यटन सचिव प्रेमकुमार राईको नाम हटाएर वाइडबडी प्रकरणमा संलग्न सबैलाई समान कारवाहीको गर्न सुझाव दिएर प्रतिवदन पारित गरिएको हो।

प्रतिक्रिया