![](https://nepalsansar.com/wp-content/uploads/2019/01/th.jpg)
अहिलेका चर्चित अनि लोकप्रिय नायक अनमोल केसीलाई आफनो फिल्ममा लिन चाहाने निर्माता निर्देशकहरु धेरै छन् । तर उनलाई पनि फिल्ममा लिन कम मेहनत गर्नु पर्देन । उनको बिषेश ध्यान पारिश्रृमिकसंगै फिल्मको स्क्रिप्ट हुने गर्छ त्यसैले पनि उनले नो भनेका फिल्मीकर्मीहरु धेरै छ। अनमोलको नाम जोडिएपछि उक्त फिल्मको चर्चा आफैँमा हुने गर्छ । ती फिल्महरुमा पर्ने नाम हो ब्याचलर बन्टी । करिब ४५ लाख लिएर अनुबन्धित भएको यो फिल्म अनमोलसंग नबन्ने चर्चा खुबै भयो फिल्मका निर्देशक मिलन चाम्सले पनि त्यस्तै भावको उत्तर दिएका थिए ।
पछि फेरी लगत्तै अनमोल र निर्माता सुदीप खड्काले भेट गरी फिल्म बैसाखबाट सुरु गर्ने भदौमा रिलिज गर्ने घोषणा गरियो । तर घोषणा भएको केही दिनमै अनमोलले यस फिल्मबाट हात झिकेका छन् । अनमोलका अनुसार फिल्मको स्क्रिप्टमा चित्त नबुझेपछि फिल्म छाडेका हुन् । अग्रिमरुपमा लिएको १० लाख फिर्ता गरेपछि अनमोलले भने सुरुमा त मैले उहाँहरुसँग काम गर्ने नै भनेर सोचेको थिएँ । तर, स्टोरी खासै चित्त बुझेन । स्क्रिप्ट नराम्रो भनेको चाहिँ होइन उहाँहरुले राम्रो प्रयास गर्नुभएको छ ।