२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालीको गोली हानी हत्या गर्ने प्रहरी निर्दोष ठहर

1699 Shares
Spread the love

पुष २३-  गत अगस्ट महिनामा अमेरिकाको कोलोराडो राज्यस्थित वेस्टमिनिस्टरमा बस्दै आएका नेपाली युवा वीरेन्द्र ठकुरीको प्रहरीको गोली लागि ज्यान गएको थियो । २७ वर्षीय वीरेन्द्र लाई सोही स्थानका प्रहरी अधिकृत स्टिभन बेयरले गोली प्रहार गरी हत्या गरेका थिए । उक्त घटनापछि प्रहरी स्टिभन बिरुद्ध छानबिन भएको थियो तर उनलाई भने यतिबेला निर्दाेष साबित गरिएको छ । वीरेन्द्रको हत्या गर्ने स्टिभनले आत्म रक्षाका लागि गोली चलाउँनु परेको भन्दै उनलाई निर्दोष साबित गरिएको छ ।

उक्त घटनाको बिबरणहरु सार्वजनिक गर्दे वीरेन्द्रसंग शो समय कुनै हतियार नभएको भएतापनि परिस्थितीबस स्टिभनले आत्म सुरक्षाका लागि हतियार उठाँउनु परेको उल्लेख छ । स्थानीय एडम्स काउन्टीस्थित प्रहरी अनुसन्धान विभागले ५ महिनासम्म अध्ययन गरेर घटनामा वीरेन्द्र नै दोषी देखिएको बताएको छ । घटना भएका बेला वीरेन्द्र आफ्ना दाजु सुरेन्द्र ठकुरीसँगै थिए। झगडा भएको खबर पाए पछि प्रहरी बेयर स्थानीय फेडरल बुलोभार्ड नजिकको चौरमा पुगेका थिए।

बेयर त्यहाँ पुग्दा ठकुरी दाजु भाइहरू नेपालीमा कुरा गरिरहेको र बेयर तर्फ चर्को स्वरले कराउँदै वीरेन्द्र आएपछि प्रहरी बेयरले आफ्नो रक्षाका लागि बन्दुकको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ। उता वीरेन्द्रको परिवार शो फैसलाबाट सन्तुष्ट छैनन् । निहथ्या वीरेन्द्रमाथि आत्म सुरक्षाको नाममा गोली चलाउँनु गलत भएको भन्दै बिज्ञप्ती नै जारी गरिएको छ । काठमाडौँ निवासी विज्ञप्तिको छातिमा गोली लागेपछि घटनास्थलमा नै ज्यान गएको थियो ।

प्रतिक्रिया