२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

इशाले आफुमाथि हिलो छ्यापेपछि , रबिले दिए यस्तो स्पष्टीकरण

1971 Shares

चर्चित सञ्चारकर्मी रबि लामिछानेको डिभोर्स खुलासापछि उनी र उनको पूर्वपत्नी इशाबीचको बिवाद झनै चुलिएको छ । इशाले रबिले आफुलाई धोका दिँदै डिभोर्स दिन बाध्य पारिएको भन्दै आफना अभिव्यक्तिहरु दिएपछि रबिले आफनो सबै बृतान्त सुनाए । यता रबिको लामो स्टाटसपछि रबिलाई सान्तवना र गाली दुबै थिए तथापी इशालाई डिभोर्स भईसकेपछि यी सब कुराहरु बाहिर ल्याउँन आवश्यक नरहेको भन्दै उनको त झनै आलोचना भईरहेको छ । रबिले आफुहरुको बैवाहिक सम्बन्ध तोडिनुको कारण दुबै भएको बताईसकेका छन् भने आफनो कमजोरी पनि स्वीकार गरिसकेका छन् ।

यसबीचमा इशाले सञ्चारमाध्यममा रबिबारे अर्काे नकरात्मक अभिव्यक्ति दिएपछि रबिमाथि गाली गर्नेहरु केही बढे । यसबीचमा रबिले पनि इशाको उक्त आरोपहरुको कडा जवाफ दिँदै सामाजिक सञ्जालमाफर्त एक स्टाटस पोस्ट गरेका छन् । जुन स्टाटसमा रबिले इशाका कुर्तत भन्दै बाहिर ल्याएका छन् । उनले आफुले नचाहादा नचाहदै पनि यी सब कुरा बाहिर ल्याउँन बाध्य भएको भन्दै इशालाई कडा जवाफ दिएका छन् । फेसबुकमा रबि लेख्छन् “ईज्जत लिलाम गर्ने मनशाय नहुदा नहुदैपनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए।हिलो छ्यापा छ्याप गर्ने मनशाय मेरो अझैपनि थिएन। मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन।अर्का बिदेशी महानुभाव लाई घरमै बोलाएर हात जोडेर मेरि श्रीमतीलाई छोडिदेउ भनेर छोरीहरुकै अगाडी बिन्ती बिसाएको कुरा छोरीहरुले धर्म नछोडी सम्म्झिउन”।

प्रतिक्रिया