२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

बमजन प्रकरणमा यस्ता प्रमाणहरु बोकेर आयो सिआइबी टोली

1549 Shares

पुष २३ -‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो। बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो। टोलीले शनिबार अनुयायीको शब गाडिएको भनिएको क्षेत्र उत्खखन् गरेको थियो।

‘घटनास्थलबाट प्रारम्भिक केही तथ्य र सम्भावित प्रमाण लिएर फर्केका छौँ,’ सिआइबी फिल्ड स्रोतले नागरिकसँग भन्यो, ‘सकरात्मक परिणाम आउनेमा विश्वस्त छौँ।’बम्जनको यो आश्रममा मकवानपुर हेटौँडा घर भएका अनुयायी सञ्चलाल बम्जनको हत्या भएको उजुरीपछि सिआइबीले अनुसन्धान थालेको हो। उनका आश्रमबाट अन्य चार आनीसमेत बेपत्ता भएको खबर सार्वजनिक भएसँगै अनुसन्धनमा प्रहरी गम्भिर बनेको छ। बेपत्तामध्ये तीन आनी बाँडेगाउँ आश्रमबाटै बेपत्ता भएका निवेदन प्रहरीमा परेपछि सिआइबीले सिन्धुपाल्चोकलाई अनुसन्धानको केन्द्रमा राखेको स्रोतले बतायो।

बाबु सञ्चमान हराएको भन्दै खोजतलासका लागि मकवानपुर जिल्ला प्रहरीमा निवेदन दिएका उनका छोरा महेन्द्रले सिन्धुपाल्चोकमा समेत उजुरी दिएका छन्। उनले बम्जनसहित उनका सहयोगीले बाबुको बाबुको हत्या गरी खाल्डो खनेर २० पोका नुन छर्कँदै आश्रम छेवैमा मारेको उल्लेख गरेका छन्। २०७१ चैत १५ सम्म परिवारको सम्पर्कमा रहेका सञ्चलाल त्यसपछि बेपत्ता छन्।

उनको जाहेरी र अन्य सूचनाका आधारमा सिआइबी टोलीले आश्रमका विभिन्न ठाउँमा उत्खनन् गरेको थियो। सिआइबीले सूचना पाएकै स्थानमा खाडल भेटे पनि शवका अंग भने भेटेन। तर त्यहाँ नुनका खाली नौ पोका भने फेला परेको थियो। ‘खाडलको माटो र नुनका खोल परीक्षणका लागि नमूना लिएका छौँ,’ सिआइबी स्रोतले बतायो।

प्रतिक्रिया