२०८२, २ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

यस कारण रोकियो दीपक मनाङेको शपथ

1097 Shares

पुष २३-  मनाङ खबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशसभा सदस्यको शपथ लिन नपाउने भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई शपथ नगराउने निर्णय आइतबार लिएका हुन् ।ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थुनामा रहेका राजीव सर्वोच्च अदालतको आदेशमा पुस ६ गते रिहा भएका थिए ।#

उनले प्रदेशसभा सदस्य निर्वाचित भएको भनेर निर्वाचन आयोगबाट प्राप्त प्रमाणसहित शपथका लागि पुस ११ गते निवेदन दिएका थिए ।प्रदेश सभाको हिउँदे अधिवेशन सोमबार सुरु हुनुअघि आइतबार सभामुख अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका थिए। राजीवले शपथ लिन पाऊँ भनी गरेको निवेदनमाथि निर्णय लिन सभामुखले कानुनी सल्लाह माग्दै उक्त बैठकमा मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेलाई समेत सामेल गरेका थिए।

सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका प्रतिनिधि सांसदको सहभागितामा भएको समितिको बैठकमा सबै दलले राजीवको शपथ गराउन नमिल्ने सुझाव सभामुखलाई दिएको कांग्रेस सांसद कुमार खड्काले जानकारी दिए। ‘अहिले उहाँको जुन अवस्था छ, त्यस अनुसार शपथ गराउन मिल्दैन भन्ने सुझाव कार्यव्यवस्था परामर्श समितिमा हामी सबैले सभामुखलाई दियौं’, उनले भने।  सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा निर्वाचन ऐन २०७४ अनुसार राजीवलाई शपथ गराउन नमिल्ने सुनाए।

प्रतिक्रिया