२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पर्यटनमन्त्रीले राखे आकस्मिक पत्रकार सम्मेलन, राजीनामाको तयारी

2284 Shares
Spread the love

वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन भोलि (सोमवार)विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा घोषणा गर्ने सम्भावना रहेको उनीनिकट स्रोतले बतायो। राजीनामा दिनेबारे अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरिरहेका छन्।

भोलि नै ११ बजे सार्वजनिक लेखा समिति बैठक रहेको र सो बैठकमा मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी छ।यसअघि नै पत्रकार सम्मेलन बोलाएका मन्त्री अधिकारीले पदीय नैतिकताका आधारमा राजीनामा घोषणा गर्न सक्ने नेकपाका एक उच्च नेताले नागरिक न्युजलाई बताए।

प्रतिक्रिया