
ज्ञानु पंगेनी
नवलपुर , २२ पुस
नेपाली काङ्गेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माथील्ला नेताहरुलाई मिल्न भनेर तल्लो तहमा गुटबन्दी गर्ने काम नगर्न कार्यकर्तालाई आग्रह गरेका छन ।
आईतवार नवलपरासी पूर्वको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त – पतानादेवी स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो– ‘तपाईहरु माथीका नेतालाई चाहि“ गुटबन्दी नगर्नुस् मिल्नुुस् भनेर अर्ति दिने अनि आफुचाहि“ जिलला जिल्लामा गुटबनदी गरेर बस्ने ? अब तपाईहरुले शेरवहादुर , रामचन्द्र हैन नेपाली काङ्गेसको रुख चिन्ह मात्रै सम्झनुहोस् । ’
यस्तै उनले काङ्गेसको भर्खर सम्पन्न महासमिति वैठक सफल भएको टिप्पणी गर्दै महासमिति वैठकले काङ्गेसलाई फुटाउने नभई जुटाउने काम गरेकाले काङ्गेस एक ढिक्का भएरै छाड्ने दावी समेत गरे । उहाँले भन्नुभयो– ‘नेपाली काङ्गेस अब फुट्दैनन बरु बलियोसंग जुट्छ । ’
यस्तै फरक प्रसंगमा उनले अहिलेको सरकार एकपछि अर्को निरकुंशताको सि“ढी चढ्दै गईरहेको आरोप लगाए ।
उहाँले अहिलेको सरकारले स्वतन्त्र निकायलाई कमजोर पारेर निरकुशंताको सिंढी चढ्दै गएको बताए । यस्तै सरकारले भ्रष्टाचाररिलाई ढाकछोप गर्ने काम गरेको आरोप समेत उनले लगाए । उहाँले भन्नुभयो – ‘सरकार आफैले भ्रष्टाचारिलाई ढाकटोप गरेको छ । ’
उहॉंले कम्युनिष्ट सरकारले पक्षपातको शाशन गरिरहेको आरोप लगाउदै भने ‘दुई तिहाईको सरकारले घोर पक्षपातको शाशन लागु गर्दैछन । ’
सूर्यभक्त – पतनादेवी स्मृति पत्रकारिता पुरस्कार चार जना पत्रकारलाई
सूर्यभक्त – पतनादेवी स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष चार जना पत्रकारलाई सम्मान गरिएको छ ।
प्रजातन्त्रका सेनानी, नेपाल किसान संघका संस्थापक अध्यक्ष एवं नवलपुरका अग्रज राजनीतिज्ञ सूर्यभक्त अधिकारीको स्मृतिमा उनका ज्येष्ठ सुपुत्र मदनभक्त अधिकारीको सहयोगमा अक्षयकोषको स्थापना गरिएको हो ।
नेपाल प्रेस युनियनले आइतबार कावासोतीमा २०७४ सालको पुरस्कारबाट पत्रकार पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई सम्मानित ग¥यो भने २०७५ सालको पुरस्कारबाट पत्रकार बसन्त प्रकाश उपाध्याय र पोषण केसी.लाई सम्मान गरेको हो । उनीहरुलाई नेपाली काङ्गेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताम्रपत्र र दोसल्ला र नगद २५ हजार रुपैयाले सम्मान गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस नवलपरासीका सभापति विष्णु लामिछाने , प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल , पुरस्कारका संरक्षक मदनभक्त अधिकारी , काङ्गेस नवलपरासीका नेता महेन्द्रध्वज जि.सी. लगायतले शुभकामना राखेका थिए ।