
आशिस तामाङ,
काभ्रे – कांग्रेस क्षेत्रीय सभापति एबम पुर्ब सांसद युवा नेता तिर्थ लामाले नेपाल र नेपाली जनताको समृद्धी र उन्नतीका लागी देशलाई अगाडी बढाउने जिम्मेवारी कांग्रेसको काधका आएको बताएका छन् ।
क्षेत्र न १ क्षेत्रीय कार्यसमितिको आयोजनामा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा आयोजित अन्तरक्रिया कार्यक्रम बोल्दै नेता लामाले कम्युनिष्ट भनिने ओली सरकारले २ तिहाईको दम्भ देखाउदैं जनताको भावना र मर्म विपरित गएर जनतालाई झुठा आश्वासन दिदै देश संकटमा धकेल्न खोजेको आरोप लगाएका छन् । उनले सरकारको रवैयाले भष्ट्रचार मौलाएको र सरकार हरेक क्षेत्रमा असफल भएको बताउदै अब देश विकास र समृद्धिको बाटोमा लैजान कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताए ।
नेता लामाले बलात्कार हत्या हिसां, भष्ट्रचार ,महर्गी ,लुटपाट, झनै बढेको भन्दै सरकार त्यसलाई रोक्नुको साटो अपराघी र भष्ट्रचारीहरु बचाउन सरकार नै उद्धत रहेको भन्दै यस्ता सरकारका कार्यप्रति जनता एक भएर विरोध गर्नु पर्ने बताए । उनले कांग्रेस भित्र नेतृत्व तहमा देखिएको विवादले जनतालाई निरासा बढ्न सक्ने औल्याउदै त्यस तर्फ नेतृत्वले ध्यान दिनु पर्ने धारण व्यक्त गरे ।
नेता लामाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको तात्पर्य प्रष्ट पार्दै यहि सुखद अबसरमा पार्टीको क्षेत्रीय पार्टी भवन निर्माण गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथी नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्ब सांसद एबम पुर्ब जिल्ला सभापति शिव हुमागाइ रहेका थिए । नेता हुमागाईले मन्तव्य राख्दै भने अहिलेको दुई तिहाइको कम्युनिष्ट सरकार जे गर्नु पर्ने त्यो गरेन जे गर्नु हुदैनथ्यो त्यो गरिरहेको छ तेसैले अब कम्युनिष्ट सरकार जनताबाट आफै नाङ्गिने जिकिर गरे ।
अधिकाशं नेताहरुले मन्तब्य राख्ने क्रममा पार्टी भवन निर्माण गर्न लागेको सुखद योजनाले हामि खुसी भएका छौ अब भवनलाइ आबश्यक हुने आर्थिक भौतिक र नैतिक हरेक जिम्मेवार पूरा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा भवन निर्माणको लागि उपस्थित नेता तथा कार्यकर्ता बाट १२ लाख रुपियाँ संकलन भएको थियो ।
२ करोड बराबरको लागतमा भकुन्डेबेसीमा रहेको २५ आना जग्गामा पार्टी कार्यालय निर्माण हुने छ भने पार्टी भवन माघ बाट निर्माण कार्यसुरु हुने जानकारी दिदै सम्पुर्ण काभ्रे १ का नेता तथा कार्यकर्तालाई सहयोगको लागि अपिल गरिएको छ ।