२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

केटालाई बलात्कार गर्न खोज्दा बेलायतमा एक नेपाली पुरुष जेल चलान

4190 Shares
Spread the love

लन्डन । बेलायतको रेडिंग बसोबास गर्ने नेपाली मुलका देउकुमार लिम्बु बलात्कारको अभियोगमा जेल चलान भएका छन् ।

रेडिंग क्रावन कोर्टमा भएको बहस पछि अभियुक्त लिम्बुलाइ जेल चलान गरिएको हो ।

रातको समयमा साथीहरुसंग घुमघाम गरिसकेपछि साथीहरुसंग छुटिए ति २२ बर्सिए युवकले लिम्बुसंग घरजना बाटो सोधेका थिए । लिम्बुले सोहि मौकाको फाइदा उठाउदै उक्त केटालाइ नजिकैको पार्कमा लगेर बिना अनुमति जबरजस्ती शाररिक शोषण गरेका थिए ।

डिष्ट्रिक्ट जज क्याम्पबेलले लिम्बुलाई १३ वर्षको जेल सजाय सुनाएकी छन्। तर सो जेल सजायको आधा अवधि लिम्बुले आफ्नै समुदायमा बिताउन पाउनेछन्। उनको आचरण राम्रो देखिएमा उनलाई थप तीन वर्ष पनि समुदायमै बस्न दिइनेछ। फैसला सुनाउँदै न्यायाधीशले आफ्नो यौनजन्य हिंसाकालागि लिम्बुले पश्चाताप नगरेको बताइन्।

न्यायाधीशले सार्वजनिक ठाउँमा आफूसंग मद्दत माग्न आएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु एक यौन अपराधी भएको बताइन्।
सो घटनाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो। प्रहरीसंगको बयानमा लिम्बुले ती युवासंग सहमतिमा आफूले यौन सम्बन्ध राखेको दावी गरेका थिए।
सो घटनापछि ती युवकले आफूलाई डर लाग्ने, सो घटनाको झझल्को आइरहने र राम्रोसंग सुत्न नसक्ने बताएका थिए। सो घटनाको दुई दिनपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेका थिए। लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा उल्लेख छ ।

पुरा समाचार :

https://www.readingchronicle.co.uk/news/17336539.deukumar-limbu-was-sentenced-at-reading-crown-court-for-rape-and-sexual-assault/

प्रतिक्रिया