
आशिस तामाङ
शनिबार, पुष २१, २०७५
काठमाडौं– गोकर्णेश्वर प्रथम मेयर कप आज भब्यताका साथ उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अथिति पुर्व उपप्रधान मन्त्री तथा नेपाली काग्रेंसमा केन्द्रिय सदस्य प्रकाशमान सिहंले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
मेयर कप अन्तर्गत आज भएको खेलमा गोकर्णेश्वर वडा नं ८ ले वडा नं ९ लाई टाईब्रेकरमा हराएको छ । २५–२५ मिनेटको खेलमा गोकर्णेश्वर ८ र ९ बीच दुई दुई गोल भएपछि खेल टाईब्रेकरमा पुगेर अत्यन्तै रोमाञ्चक परिस्थीतीमा पुगेको थियो । गोर्णेश्वर ८ बाट खेलमा सुनिल तामाङ र बिबेक शम्शेरले गोल गरेका थिए भने गोकर्णेश्वर ९ बाट प्रतिक के सीले नै दुई गोल गरे । खेल पेनाल्टिमा पुगेपछि गोकर्णेश्वर ८ ले ३ गोल र गोकर्णेश्वर ९ ले दुईगोल मात्र गर्न पुग्यो र अन्त्यमा खेलको बिजेता गोकर्णेश्वर ८ हुन् पुग्यो ।
कार्यक्रमको प्रमुख अथितीका रुपमा पुर्व उपप्रधान मन्त्री प्रकाशमान सिहं रहेका थिए । यसैगरी बिशिष्ठ अथितिमा सहकारी तथा गरिबि निवारणमन्त्री अम्बिका बस्नेत, प्रदेश सभा सदस्य एवं प्रदेश नं ३ का प्रमुख सचेतक छिरिङ दोर्जे लामा, गो.न.पा मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, पुर्व राष्ट्रिय फुटबल खेलाडि एवं प्रशिक्षक चेतनारायण गुरुङ्ग लगायतका ब्यक्तीत्वहरुको उपस्थीती रहेको थियो । कार्यक्रमका संयोजक प्रदिप लामाले दुबै टिमलाई बल हस्तानतरण गर्दै खेलको शरुआत गरेका थिए ।
उक्त कार्यक्रममा गोकर्णश्वार नगरपालिकाको मेयर सन्तोष चालिसेले अहिले खेलकुद क्षेत्रमा दयनीय अवस्था छ , फुटबल खेल पुलिस बाट आर्मीमा सिमित भयो । यस खेलकुद क्षेत्रलाई राज्यनै लाग्नु पर्नेमा अहिले राज्य सुति रहेको अवस्था छ । जोरपाटी क्लबले राम्रो खेलाडी उत्पादन गरेको र आफ्नो कार्यकल भित्र यस गोकर्णश्वार क्षेत्रलाई खेलकुदको हप बनाउने उदेश्यले ५-७ करोड रुपैया विनियोजन गरेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति प्रकाशमान सिहंले खेल भनेको मानिसको प्रतिभा प्रस्फुटन गर्ने कुरा भएकाले खेलकुद सबैलाई महत्वपूर्ण भएको बताएका छन् । फुटबलले गोकर्णेश्वर नगरपालिकाकै कुनैपनि खेलाडीले भबिष्यमा राष्ट्रिय खेलाडी बनेर विश्वसामू आफे्नो प्रतिभा देखाउने हुनसक्ने बताए । यसका साथै गोकर्णेश्वरमा फुटबलको आयोजना गर्नु निकै खुसीको कुरा भएको बताए । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आफ्नो कार्यकालमा खेलकुद गतिबिधि लगायत विकाश निर्माणका कार्यहरु तिब्र रुपमा गर्दै जाने बताए ।
कार्यक्रमका सभापति दिपक लामाले अहिलेको जगतमा फुटबल सबै देशमा चल्ने गरी ब्यापारिकिकरण भईसकेको कारणले फुटबल आयोजना गर्न युद्ध चलेको बताएका छन् । हालै रसियामा सम्पन्न बिश्वकप २०१८ मा रसियाले ५० लाख पर्यटक भित्र्याएर एकजनाको भागमा ५–१० हजार डलर खर्च गरी फुटबललाई नै ब्यापारिकिकरण गरिएको भन्दै सबै सहभागी टिमलाई धन्यबाद तथा आगामी खेलहरुको सफताको शुभकामना दिएका छन् ।
यसैगरी उद्घाटन कार्यक्रमको अथितिहरुमा का.म.न.पा ६ वडाका वडा अध्यक्ष दिपेन्द्र लामा, गो.न.पा वडा नं ८ का अध्यक्ष मनोज ढुङ्गाना लगायत युवा समाज सेवी धुव्र श्रेष्ठ रहेका थिए । यसैगरी कार्यक्रममा नेपालय इङलिस पब्लिक स्कुलका एमडी बुद्ध श्रेष्ठ रहेका थिए भने कार्यक्रमका संयोजक प्रदिप लामा रहेका थिए । यसैगरी कार्यक्रमको प्रचारप्रसार तथा जोरपाटी फुटबल क्लबका पदाधिकारीहरु उपाध्यक्ष बुद्ध लामा, सचिब दिपक तामाङ, कोषाध्यक्ष कर्ण थिङ र सदस्यहरु सुलभ सुवेदी, विकास श्रेष्ठ, विकास राई र प्रदिप लामा रहेका थिए । प्रचारप्रसारका संयोजक कृष्ण प्रसाद नेपालले कार्यक्रम सञ्चालन गरेका थिए ।
भोली हुने खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ र वडा नं ४ ए बीच मध्यान्ह १२ः३० मा बीच खेल हुनेछ ।