२०८१, २६ मंसिर बुधबार
×

ट्रेन्डिङ

यी हुन् नेपालीहरुको गाली खाएका बलिउड हस्तीहरु

3758 Shares

छिमेकी राष्ट्र भारत र नेपालबीच सुरुवातदेखि नै कुटनितिक , भौगोलिक र सांस्कृतिकरुपले पनि केही न केही बिवाद हुदै आईरहेको छ । त्यसमा बलिउड पनि अछुतो रहेको छैन । कुनै समय बलिउडका केही हस्तीहरुले नेपाल र नेपालीका बारेमा बिवादास्पद बयानहरु दिएर निकै आलोचनामा आएका थिए । ती हस्तीहरु बलिउडका चर्चित सेलिब्रेटीहरु नै थिए । नेपालबारे बिवादास्पद बयान दिएर आलोचनामा आएका हस्तीहरुको बारेमा आउनुस जानौ ः–

माधुरी दिक्षित :- बलिउडमा धकधक गर्लको नामबाट परिचित माधुरी दिक्षित पनि आफनो सफल करियरका दौरान नेपालबारे बिवादास्पद बयान दिएर खुबै आलोचनामा आएकी थिईन् । उनले १९८० मा नेपाल भारतको अस्तित्वमा रहेको राष्ट्र भन्ने बयान दिएपछि नेपालमा उनको चौतर्फी आलोचना भएको थियो । पछि उनले आफनो बयानलाई सच्चाउँदै नेपाल र नेपालीसंग माफी मागेकी थिईन् ।

धमेन्द्र :- बलिउडका पुराना स्टार धमेन्द्रको लोकप्रियता त्यससमय नेपालमा पनि थियो तर उनले सन १९७० मा बिवादास्पद बयान दिएको कारण नै उनको फिल्म समेत नेपालमा प्रर्दशनमा रोक लगाईएको थियो ।

ऋतिक रोसन ः ऋतिकले पनि आफनो करियरको सुरुवाती दिनमा नै नेपालबाट घृणा बटुलेका थिए । डेब्यु फिल्म कहो ना प्यार है को रिलिजताका उनले नेपाल र नेपालीलाई घृणा गर्छु भन्ने बयान दिएका थिए । उक्त बयानपछि आक्रोसित भएका नेपालीहरुले उनको फिल्मलाई त्यसपछि रोक लगाएका थिए ।

यो खबर भाईरल भएपनि ऋतिककले आफुले यस्तो बयान नदिएको भन्दै नेपाल र नेपालीलाई घृणा गर्नु पर्ने कुनै कारण नभएको भन्दै आफनो स्पष्टीकरण दिएका थिए । त्यसका बाबजुद पनि उनका त्यसपछिका फिल्म फिजा र मिसन कश्मिरले नेपालमा खासै माया पाएको थिए ।

शक्ति कपुर :- बलिउडका चर्चित भिलेन शक्ति कपुर आफैमा पनि बिवादीत व्यक्ति हुन् । उनको नाम कास्टिङ काउचको सवालमा पनि टिभी जर्नालिस्टहरुले सबुत सहित पर्दाफास गरेका थिए । उनै शक्ति कपुर नेपालमा भोजपुरी फिल्मको सुटिङको क्रममा नायिका रेखा थापालाई अभद« व्यवहार गरेको भन्दै समाचार आएपछि उनी पनि नेपालमा घृणाको सिकार बने । चौतर्फी बिरोध भएपनि उनले रेखासंग माफी पनि मागेका थिए ।

कोमल नाहता :- बलिउड फिल्मका पत्रकार एवं टे«ड एनालिस्ट कोमल नाहता पनि नेपालसम्बन्धी बयान दिएर बिवादमा आएका थिए । उनले सारुख खानको फिल्म ‘डन २’ को कलेक्सनको बारेमा बोल्दै टिभी शोमा नेपाल भारतको पार्ट भनेका थिए । उक्त बयानको कारण निकै बिवाद भएपछि उनले नेपालीसंग माफी माग्दै आफनो स्पष्टीकरण दिएका थिए ।

सलमान खान :-बलिउडका दंबग सलमान खान पनि बिनासकारी भुकम्प गएको समय बिवादमा आएका थिए । नेपालमा गएको बिनासकारी भुकम्पको समय एक भिडियामा पत्रकारले उनको संस्था बिईङ ह्युमन बाट नेपालको लागि के सहयोग जान्छ भनी सोधिएको थियो ।

त्यसको जवाफमा उनले बिईङ ह्युमन सस्थाले भारतमा मात्र सामाजिक सेवा गर्ने तर अन्य राष्ट्रको लागि सहयोग नगर्ने भन्ने बयान दिएपछि नेपालीहरुले खुबै आलोचना गरेका थिए ।

त्यसपछि फेरी उनले आर्थिक सहयोग गर्ने भनेर हल्ला फैलियो तर उनले आफनो अफिसियल फेसबुकमार्फत नेपाल र नेपालीहरुका लागि आफनो ईज्जत रहेको तर आफुले आर्थिक सहयोग गर्ने घोषणा नगरेको भन्दै स्पष्टीकरण दिएका थिए ।

जुही चावला :- बलिउडकी चर्चित नायिका एवं पुर्व मिस इण्डियासमेत रहेकी जुही चावला नेपालमा पनि उतिकै चर्चित छिन तर केही समय अगाडी नेपाल भ्रमणमा रहेककी जुहीले नेपालीहरुको गाली खाएकी थिईन ।

भ्रमणको क्रममा काठमाडौँमा रहेकी जुही सामाजिक सञ्जालमा काठमाडौँ धुलो मैलो धेरै भएको र सबैल सर्जिकल मास्क लगाएर हिडने गरेको भन्ने लेखेपछि उनीमाथि गाली बर्सियो । विश्वभर नै ख्याती कमाएकी नायिकाले नेपालको बारेमा नराम्रो छाप पारिन भन्दै उनको खुबै आलोचना भएको थियो ।

प्रतिक्रिया