पुष २१- प्रदेश २ सरकारले रामजानकी विवाह महोत्सवमा भएको खर्च सार्वजनिक गरेको छ । प्रदेश सरकारले भारतबाट आएको जन्तीको स्वागतमा ७३ लाख ८ हजार १ सय ४५ रुपैया खर्चको विवरण सार्वजनिक गरेको हो । जन्तीको रुपमा भारत उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत उपस्थिती थियो जसको सम्मानमा र तयारीका लागि शो रकम खर्च भएको बताएको छ ।

मंसिर २६ गते जनकपुरमा भएको रामजानकी विवाह महोत्सवमा सहभागी भएका उतर प्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले भण्डारा आयोजना गरेका थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत पदम पोखरेलका अनुसार पण्डाल निर्माण, भण्डार, सम्मान र अतिथि सत्कारमा भएको ७३ लाख ८ हजार १ सय ४५ रुपैया खर्च मन्त्री परिषद्को बैठकबाट स्वीकृतभएको छ। नेपाल आगमनको समय योगीले राममन्दिरमा बिषेश पुजा गर्दे नेपाल भारतको सम्बन्ध दाजुभाई भएको बताएका थिए ।