
चर्चित पत्रकार रबि लामिछानेको डिभोर्सको खुलासापछि यसले मिडियासंगै सामाजिक सञ्जाल निकै तताईरहेको छ । उनले आफैले सामाजिक सञ्जालमाफर्त केही समय आगडी आफनी पत्नी इशासंग लामो समयदेखि मनमुटाव र बोलचाल नै बन्द भएपछि डिभोर्स लिनुको विकल्प नभएको उल्लेख गरेका छन् । जुन स्टाटसमा उनले आफनो सारा बितृान्त पोख्दै दुखेसो पोखेका छन् । तर रबिको उक्त स्टाटससंगै सामाजिक सञ्जाल र अनलाईन मिडियाहरुमा उनलाई लिएर धेरै खाले टिकाटिप्पणी भईरहेका छन् । कतिले उनको दुख बुझेर सान्तवना दिँदै शुभेच्क्षा दिईरहेका छन् भने कतिपयले आलोचना गर्दे सामाजिक सञ्जाल रंगाईरहेका छन् ।
यसबीचमा चर्चित कलाकार , निर्माता एवं लेखक दिपकराज गिरी रबिको समर्थनमा उत्रिएका छन् । उनले रबिको नाम नलिए पनि उनलाई अप्रत्यक्षरुपमा समर्थन गर्दे उनको व्यक्तिगत जीवनलाई आँकलन नगरीकन समाजप्रति उनले गरेको कामहरुलाई हेर्न र कदर गर्न आग्रह गरेका छ्न । उनी लेख्छन् भगवान बुद्द ले पनि घरकी श्रीमती छोडे ,बच्चा पनि छोडे अब त्यसमा अल्मलिएर बस्ने कि बुद्दले दिएको ज्ञान , उनले समाजलाइ दिएको योगदानको कदर गर्ने ? ।
यता रबिको डिभोर्सको खबरलगत्तै उनी र चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलबीच प्रेम सम्बन्ध रहेको र चाडै बिवाह गर्ने तयारीमा रहेको खबर बाहिरिएको छ ।
एउटै अर्मापेन्टमा तल माथि बस्दै आएका उनीहरुको इन्गेज्मेण्टसमेत भईसकेको बताईएको छ । तर यसबारेमा भने उनीहरु दुबैले अस्वीकार गरेका छन् । आफुहरु राम्रो साथी भएको रबि र निकिताले बताउँदै आएका छन् । निकिता पनि डिभोर्सी महिला हुन् । निकिता र रबिको नाम जोडिनुको कारण भने रबिको पत्नी ईशाले नै खुलासा गर्दे निकिताले पनि आफुलाई रबिलाई डिभोर्स दिन भन्दै म्यासेज पठाउँने गरेको बताएकी थिईन् ।