नायिका मनिषा कोइराला ९० को दशकमा बलिउडमा निकै चर्चित बनेकी नायिका हुन् । सन् १९९१ मा सुवास घईको फिल्म सौदागरबाट बलिउडमा डेब्यु गरेकी मनिषाले लामो समय पछाडी फर्केर हेर्नु परेन । डेब्यु फिल्मले नै सफलता पाएपछि उनी बलिउडमा धेरै निर्माता निर्देशकहरुको हाईहाई बनिन् । भनिन्छ त्यतीबेला उनले यति पैसा कमाईनकी त्यसको कुनै लेखाजोखा नै छैन । बलिउडमा सारुख खान , सलमान खान , आमिर खान जस्ता स्टार नायकहरुसंग काम गरेकी मनिसाको सुन्दरता र अभिनयबाट मोहित नहुनेहरु कमै थिए । तर उनै मनिषाले कुनै समय घटिया हिरोईन भन्ने प्रतिक्रियासमेत सुन्नु परेको थियो त्यो पनि ठुलो निर्देशक , निर्माताबाट ।
बलिउडमा एक से एक हिट फिल्म बनाएका निर्माता बिधु बिनोद चोपडाले मनिषालाई घटिया हिरोईन भनेका थिए । कुरा हो ११९४ ताकाको । जब उनले १९४२ ए लभ स्टोरी फिल्मका लागि स्क्रिन टेस्ट दिन गएकी थिईन् । तब उनलाई सोही फिल्मका निर्माता एवं निर्देशक बिधु बिनोद चोपडाले घटिया हिरोईन भनेका थिए । यो कुरा उनले यसअघि पनि धेरै पटक भनिसकेकीछिन् भने हालै उनले प्रकासन गरेको पुस्तकमा पनि उनले यस कुरालाई उल्लेख गरेकीछिन् ।

उनले भनेकीछिन् “मलाई याद छ १९४२ ए लभस्टोरी फिल्मको स्क्रिन टेष्ट चलिरहेको थियो । फिल्मका निर्देशक बिधु बिनोदले मलाई बोलाए तब साह्रै नराम्र्रो लाग्यो जतिबेला उनले मलाई भने मनिषा यु आर शिट , यु आर टेरिबल एक्टे«स” । निर्देशकको यस्तो प्रतिक्रियापछि निकै दुखी मनिषाले उनीसंग २४ घण्टाको समय मागिन् । उनले भनिन्” घर गएर प्राक्टिस सुरु गरे । म एकदमै तनावमा थिए । त्यतीबेला आमाले मलाई भन्नु भयो तिमीले फिल्म नपाए ठिकै छ तर आफुलाई तनाव नदेउ” ।

भोली पल्ट मनिषाले यस्तो प्रस्तुती दिईन् की निर्देशक छक्क परे । र बिनोदले मनिषालाई भने “यदि तिमीले अभिनय मन र दिमाग दुबैबाट ग¥यौ भने म तिमीलाई माधुरी दिक्षितको ठाँउमा साईन गर्छु” । तब उनले दोहो¥याउँदै भने मनिषा “हिजोसम्म तिमी जिरो थियौ आज तिमी सय छौँ “। त्यसपछि उनलाई उक्त फिल्ममा साईन गरे । जुन फिल्म बक्सअफिसमा सुपरहिट भयो भने मनिषाले पनि वाहवाही कमाईन् । मनिषा र बिधु बिनोदबीच आज पनि निकै राम्रो सम्बन्ध रहेको छ । केही समय अगाडीमात्र मनिषाले बिधु बिनोदको फिल्म सञ्जुमा काम गरेकी थिईन् ।
