२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेल्जियममा ४३ औँ मेलमिलाप दिवस मनाईयो

2076 Shares
Spread the love

डिल्ली अम्माई

बेल्जियम । जनसम्पर्क समिति बेल्जियमले भव्य रुपमा मेलमिलाप दिवस मनाएको छ। सीता सापकोटाको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा उपाध्यक्ष माया पौडेलले स्वागत मन्तव्य राखेकी छन्।

वि.स. २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएका थिए।

नेता विपी कोईरालालाई काँग्रेसको राजनीति अनि एउटा पार्टीगत छवीबाट नहेरिकन स्वतन्त्र नेपाली वैचारीक योद्धाका रुपमा नियाल्ने हो भने मेलमिलापको राष्ट्रिय नीति उनको महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ।

उनैद्वारा स्थापित यस सद्भात्मक विचारको कदर स्वरूप हरेक वर्ष पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाईँदै आईएको छ। कार्यक्रममा प्रमुख अतिथि सुवास जोशीले बेल्जियम काङ्ग्रेसमा देखिएका विवाद समाधान गर्न आफुले कुनै कसुर बाँकी नराख्ने बताए।

उनले बोल्ने क्रममा एकताको विकल्प बिद्रोह नहुने भन्दै असन्तुष्ट साथीहरुका माग यथासक्य समाधान गरिने र समाधानका लागि आफुँले जिम्मा पाइसकेको जनाए।

जसरी मेलमिलापको नीतिअनुरुप सम्पूर्ण नेपाली राजनैतिक दलहरु र राजसंस्था मिलेर राष्ट्रियताको रक्षा गर्नुपर्ने अवधारणा बीपीले अगाडी सार्नु भयो त्यसको सान्दर्भिकता सदैब रहने भन्दै दक्षिण कोरियाका भूपु उपाध्यक्ष आनन्द गुरुङले जनसम्पर्क समिति बेल्जियममा एउटै झण्डा र ब्यानरमा दुई संगठन दुर्भाग्य भएको बताए।

व्यवसायी संघका संस्थापक नेता राधाकृष्ण अधिकारीले भने, यो सन्देशको ब्याबहारिकता बेल्जियम जनसम्पर्क समितीले पुष्टि गरोस यो मेरो चुनौती हो। कार्यक्रममा बोल्दै राष्ट्रियता र स्वाधिनताको नीति सहित नेपाल फर्केका विपी लगायत नेताहरुलाई विमानस्थलबाटै पक्रेर सुन्दरीजल बन्दीगृहमा लगिएको थियो।

आज ४३ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाइँदै छ। कार्यक्रममा एनआरएन आइसीसी सरु चापागाई, प्रेम पाठक, चोलेन्द्र पौडेल, माया पौडेल लगाएतले बोलेका थिए।

प्रतिक्रिया