आशिस तामाङ
काठमाडौं– गोकर्णेश्वर मेयर कपको खेलतालिका (टाईसिट) आज सार्वजनिक गरिएको छ ।
गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा जोरपार्टी फुटबल क्लवद्धारा आयोजित प्रथम वडा स्तरीय गोकर्णेश्वर मेयर प्रतियोगीताको खेल तालिका गोकर्णेश्वर नगरपालिकामा रहेको मोसेस क्लबमा आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।
खेलको शुरुआतको २१ गते (भोली)बाट शुरु हुने भएको छ । शुरुआतको खेलमा भोली मध्यान्ह १२ः३०मा गोकर्णेश्वर नगरपालिका वडा नं ८ ए र गोकर्णेश्वर नगरपालिका ९ बीच भिडन्त हुने भएको छ । आयोजक जोरपाटी फुटबल क्लबका अध्यक्ष दिपक लामा, प्रतियोगिताको संयोजक प्रदीप लामा र प्रचार प्रसार संयोजक कृष्ण नेपालले खेल तयारी अन्तीम चरणमा पुगेको भन्दै १४ वटा टिमको सहभागीता रहेको बताएका छन् ।
खेल गोनपा–८ बेसी गाँउ स्थित नेपालय ईङ्लीस पब्लीक स्कुलको खेलमैदानमा यहि २१ देखी २८मा सम्म हुनेछ । खेल प्रतियोगीताको पुस्कारराशि अन्तर्गत पहिलो स्थान हासील गर्नेलाई १ लाख र द्धितिय स्थान लाई ५० हजार नगर सहित मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ भने प्रत्येक वडाबाट २ टिम सहभागी हुन पाउने प्रावधान रहेको जनाईएको छ ।