२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

खेल पर्यटक भित्रयाउन स्याङजाको कोल्मामा क्रस कन्ट्री दौड प्रतियोगिता हुने

1730 Shares
Spread the love

पोखरा १३ पुस । स्याङजाको कोल्मामा पर्यटन भित्रयाउने उद्देश्यका साथ क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर ९ मा रहेको कोल्मा गाउलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनुका साथै खेलकुदको माध्यामबाट खेल पर्यटनको बिकास गर्नका लागी कोल्मामा आगामी पुसको २६ गते क्रस कन्ट्री दौड प्रतियोगिता आयोजना गरिने भएको हो ।

स्याङजाको कोल्मो जन्मथलो भइ हाल विभिन्न कामको सिलसिलामा पोखरा बस्नेहरुको समुहले स्थापना गरेको सात सय कोल्मा इभेन्ट म्यानेजमेन्ट संस्थाले कोल्मा र आसपासमा पर्ने गाउहरुमा पर्यटन भित्रयाउने उद्देश्यका साथ क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

बिहीबार कोल्माको बराहचौरमा पत्रकार सम्मेलनको आयोजना गरी कोल्मालाई चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागी “स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि दौड” भन्ने नाराका साथ कोल्मामा पहिलो पटक क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिएको सात सय कोल्मा इभेन्ट म्यानेजमेन्टका अध्यक्ष जीत बहादुर गुरुङले वताए । आगामी माघको २६ गते हुने उक्त दौड प्रतियोगितामा खुल्ला तर्फ ३१ किलोमिटर र २१ बर्ष उमेर भन्दा कम उमेरका धावकहरुले १४ किलोमिटरको दुरी पार गर्नुपर्ने गुरुङले वताए ।

उनका अनुसार खुल्ला तर्फको धावकले कोल्माको बराहचौरबाट सुरु गरी काहँले, डाडाँस्वारा, नाम्चे, काल्खु, राईपुर, बिसौना, खुदी, मड्किना हुदै बराहखोलाबाट फेरी बराहचोर पुगी ३१ किलोमिटर दुरी पार गर्नुपर्नेछ भने २१ बर्ष उमेर भन्दा मुनीका धावकले बराहबाचौरबाट सुरु गरी काहँले, डाडाँस्वारा, नाम्चे, काल्खु, राईपुर, पोखरीछाप हुदै पुनः बराहचौरमै पुगी १४ किलोमिटरको दुरी पार गर्नुपर्नेछ ।

प्रतियोगितामा खुल्ला दौडमा प्रथम हुने धावकलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गर्नेछनभने द्धित्तिय र तृतीय हुने धावकले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ४० हजार र ३० हजार हात पार्नेछ । त्यसैगरी २१ बर्ष उमेर समुह भन्दा कमका धावकहरु सहभागी भएको म्याराथनमा प्रथम, द्धित्तिय र तृतीय हुनेले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु २० हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछ । उक्त म्याराथनमा अन्तिम दश सम्म पर्न अन्य धावकहरुलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

दौड प्रतियोगिता संगै सात सय कोल्मा इभेन्ट म्यानेजमेन्ट संस्थाले स्याङजाको पुतलीबजार नगरपालिका, बिरुवा गाउपालिका र तनहुको शुक्लागण्डकी नगरपालिकामा पर्ने गाउहरुको सामाजिक तथा आर्थिक बिकास संगै पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्ने संस्थाका महासचिव मन बहादुर थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया