२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेडरुममा छिर्दा भित्रको दृश्य देखेपछि पत्नीमाथि गरे आक्रमण, यस्तो थियो भित्रको दृश्य

876 Shares
Spread the love

मेलबर्न। अस्ट्रेलियामा एक पतिले आफ्नो घरको बेडरुममा छिर्नासाथ आफ्नी पत्नीमाथि आक्रमण गरेर उनको खुट्टा भाँचिदिएका छन् । उनले पत्नीलाई यस्तो कपडामा देखे कि सिधै पत्नीको खुट्टा भाँचिदिए । यो विचित्र घटनामा जब पतिले वास्तविकता थाहा पाए त्यसपछि भने उनको रोएरै हालत खराब भएको छ । उनले भन्न थाले कि उनीबाट निकै ठूलो गल्ती भयो । उनकी पत्नी अस्पतालमा भर्ना छिन् ।

यो सबै पत्नीको ड्रेसका कारण पति झुक्किएपछि भएको थियो । खासमा महिलाले सर्थजस्तै देखिने स्टकिंग्स (लामो मोजा) लगाएकी थिइन् र उनी बेडमा सुतिरहेकी थिइन् । पत्नीले आफ्ना खुट्टाको पैतलातिरको भाग भने सिरकबाट बाहिर निकालेकी थिइन् । हल्का अँध्यारो भइसकेको थियो, त्यहीबेला उनका पति कोठामा आइपुगे ।

पति जब कोठामा छिरे उनले पत्नीका खुट्टा देखे जो दुरुस्तै सर्पजस्तै देखिएका थिए । पतिलाई लाग्यो कि बेडमा दुई सर्प छन् । उनले कत्ति ढिलो नगरी ढोकानजिकै राखिएको बेसबल ब्याटले आक्रमण गरे । जोडले लागेपछि पत्नी आत्तिएरु चिच्याइन् । यो देखेपछि पतिको होश उड्यो र तुरुत पत्नीलाई लिएर अस्पताल पुगे

प्रतिक्रिया