२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलियो

1310 Shares
Spread the love

काठमाडौं : वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ।

वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले जानकारी दिए।

पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंसाकारलाई कालोमोसो दलिएको उनले जानकारी दिए।

युवा लिगका कार्यकर्ताहरु दिउसो चार बजे कंसाकारको कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन्।

क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो। बैठकले भ्रष्टाचारी नामावाली तयार गर्दै भण्डाफोर गर्ने कार्यक्रम तय गरेको थियो।

प्रतिक्रिया