२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

विराट कोहली टि–२० टिममै परेनन्, वन–डे टिममा भने कप्तानको जिम्मेवारी

2001 Shares

काठमाडौं। क्रिकेटसम्बन्धी वेबसाइट इएसपिएनक्रिकइन्फोले क्रिकेटका तीनै किसिमका खेलका लागि विश्वभरीका खेलाडीबाट एक टिम बनाएको छ । रोचक त के भने टि–२० टिममा भारतका कस्तान विराट कोहलीले भने स्थान बनाउन सकेनन् । उनी टेस्ट र वन डे टिममा भने पर्न सफल रहे । इङल्याण्डका विकेटकिपर ब्याट्सम्यान जोश बटलर मात्र तीनवटै फम्र्याटको लागि छानिएका छन् ।

कोहलीलाई वन डेको कप्तान बनाइएको छ । न्यूजिल्याण्डका केन विलियमसनलाई टेस्टको कप्तानको जिम्मेवारी दिइएको छ । अस्ट्रेलियाका एरोन फिन्चले टि–२० को कप्तानको जिम्मेवारी पाएका छन् । अफगानिस्तानका राशिद खान वनडे र टि–२० मा परेका छन् । टेस्टका लागि केन विलियमसनको कप्तानीमा घोषित टिममा श्रीलंकाका दिमुथ करुणारत्ने, न्यूजिल्याण्डका टम लथाम, हेनरी निकोल्स, भारतका विराट कोहली, इङल्याण्डका जोश बटलर, वेष्ट इण्डिजमा जेसन होल्डर र शानोन ग्याब्रियल, दक्षिण अफ्रिकाका केगिसो रबाडा, पाकिस्तानका मोहम्मद अब्बास र अस्ट्रेलियाका नथान ल्योन छन् ।

वनडे टिमको कप्तानी विराट कोहलीले पाएका छन् । टिममा कोहलीसँगै भारतका रोहित शर्मा, कुलदिप यादव र जसप्रित बुमराह, इङल्याण्डका जोनी बेयरिस्टो, जोश बटलर र क्रिस वोक्स, न्यूजिल्याण्डका रस टेलर, वेष्ट इण्डिजका साइ होप, अफगानिस्तानका राशिद खान र बंगलादेशका मुस्तफिजुर रहमान छन् ।

टि–२० टिममा एरोन फिन्च कप्तान छन् । उनीसँगै अस्ट्रेलियाका एन्ड्रयु टाइ पनि टिममा परेका छन् । टिममा इङल्याण्डका जोश बटलर, जो डेन्ली, न्यूजिल्याण्डका कोलिन मुनरो, पाकिस्तानका बाबर आजम, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, वेष्ट इण्डिजका आन्द्रे रसेल र जोफ्रा आर्चर, भारतका कुलदिप यादव र अफगानिस्तानका राशिद खान परेका छन् ।

प्रतिक्रिया