२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यस्ती छिन् झरना पुत्री सुहाना ,बन्दैछिन् नायिका (तस्विर सहित)

1976 Shares
Spread the love

बलिउडमा जस्तै नपाली सिनेमा क्षेत्रमा पनि कुनै सेलिब्रेटी किड्सले डेब्यु गर्न लाग्दैछन् भने त्यसको चर्चा निकै हुने गर्छ । यतिबेला करिश्मा मानन्धरकी छोरी कबिता मानन्धर र झरना थापाकी छोरी सुहाना थापाले पनि डेब्यु गर्र्दछन् । कबिताको शिव श्रेष्ठको फिल्मबाट डेब्यु गर्देछिन् तर उक्त फिल्मको सुटिङ नै रोकिएको छ । उता सुहाना भने आफनै होम प्रडक्सनको फिल्म ए मेरो हजुर ३ बाट डेब्यु गर्देछिन् । फिल्मको काम यतिबेला चलिरहेको छ जुन फिल्ममा सुहानाले अनमोल केसीको अपोजिट रहेर काम गरिरहेकीछिन् ।

सुहानाको डेब्युलाई लिएर उनी फिल्ममा आवद्ध हुनु पूर्व नै थियो तर उनले अभिनयमा भने रुची देखाएकी थिईनन् । ए मेरो हजुर २ को प्रमोसनताका उनले फिल्म निर्माणमा भने आफुलाई इच्क्षा रहेको बताएकी थिईन् । तर ए मेरो हजुर ३ मा नव नायिकाको खाँजो परेपछि झरना र सुनिल कुमार थापाले आफनै छोरीलाई फिल्ममा लिन निधो गरे । जसका लागि उनीहरुले सुहानालाई निकै कन्भिन्स गरे र नै उनी फिल्मका लागि राजी भईन् ।

यही फिल्मलाई लिएर उनको डेब्यु यतिबेला चर्चा र प्रतिक्षा दुबै छ । अमेरिकामा अध्ययन गरिरहेकी सुहानाको सुन्दरताको चर्चा पनि भईरहेको छ भने अनमोलसंग उनको जोडी कस्तो होला त्यसको पनि चासो देखिएको छ । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बनिरहेको ए मेरो हजुर ३ चैत्र २९ मा रिलिज हुने भएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया