२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अमेरीकामा रहेको हामी नेपाली संस्थाले समाजिक कार्यमा हात बढाउदैं

2476 Shares
Spread the love

आशिस तामाङ, काठमाडौं – अमेरीकामा रहेको हामी नेपाली ग्लोबल संस्थाले मातृभूमिको निम्ति समाजिक सेवाको कार्यसुरु गर्ने भएको छ ।

संस्थाले म्याग्दी जिल्लाको वेनी अस्पतालमा निशुल्क आखाँ उपचार साथै सल्यक्रियाको शिविर संचालन गर्न लागेको हो । शिविर फागुन २७ अर्थात ११ मार्च २०१९ मा हुने जनाएको छ । उक्त संस्थाले हामी नेपाली ग्लोबल रनिङ कप -२०१९ अमेरिका लगायत संसार भरका देशहरुमा छिटै सुरु गर्ने जनाएको छ ।

संस्थाले संसार भरका नेपालीहरुको डान्स प्रतियोगीता सुरु गर्ने, संसार भर छरी बस्नुहुने नेपालीहरुको निम्ति हामी नेपाली ग्लोबल च्यानल मार्फत इन्डियन टिभी साथै नेपाली टिभी सुरु गर्ने, संसार भरका देशहरुमा छिटै व्यापार सुरु गर्ने,सबै देशहरुमा हामी नेपाली ग्लोबलको संगठन बिस्तार गर्ने ,नेपाली बिद्यार्थी हरुको निम्ति छात्रवृद्धि सुरु गर्ने, २०१९ देखि २०३० सम्म नेपालको विकाशको निम्ति नेपाल सरकार सामु बिदेशमा रहनुहुने नेपालीहरुको लगानीको निम्ति सरकार संग व्यापार सम्झौता गर्ने र संसारभर रहेका ६५ लाख नेपालीहरुलाई हामी नेपाली संस्थामा आवद्ध गराउने काम तथा लक्ष्य लिएको संस्थाका उपाध्यक्ष टेक वाईवा लामाले जानकारी दिए ।

प्रतिक्रिया