२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

रोनाल्डोले जिते “ग्लोब सकर अवार्ड”

1110 Shares

पुस २० – फुटबल दुनियाँका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डाले “ग्लोब सकर अवार्ड” जितेका छन् । पोर्चुगाली खेलाडी रोनाल्डोले फ्रान्सका केलियन एमबाप्पे र एन्टोनियो ग्रिजम्यानलाई पछि पारेर यो अवार्ड जित्न सफल भएका हुन् । युभेन्ट्स क्लबबाट खेलिरहेका रोनाल्डोले पाँचौँ पटक यो अवार्ड जित्न सफल भएका हुन् । उनी यसअघि ८ पटकसम्म मनोनयनमा परिसकेका छन् भने यसअघि सन् २०११, २०१४ र सन् २०१७, २०१८ मा लगातार दुई पटक यस अवार्ड जितेका थिए ।

यसैगरी उत्कृष्ट प्रशिक्षकको उपाधि फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले जितेका छन् । उत्कृष्ट क्लबको अवार्ड एट्लेटिको म्याड्रिडले जितेको छ उसले रियल म्याड्रिड र लिभरपुललाई पछि पार्दे यो अवार्ड जितेको हो । ग्लोब अवार्ड युरोपियन क्लब एसोसिएसन ९इसीए० र युरोपियन एसोसिएसन अफ प्लेयर एजेन्ट (इएफएए)को आयोजनामा हुँदै आईरहेको छ ।

 

 

प्रतिक्रिया