
पुष २० -वाईडबडी खरिद प्रकरणमा हिजोमात्र संसदको सार्वजनिक लेखा समितिको उपसमितिले ४ अर्ब ३५ करोड अनियमितता भएको भन्दै दिएको प्रतिवेदनलाई अस्वीकार गर्दे सरकारले उच्चस्तरीय छानबिन आयोग छ । यता सरकारले छानबिन समितीको प्रतिवेदन अस्वीरका गर्दे नयाँ समिती गठन गर्नुमा नेपाली कांग्रेसले शंका व्यक्त गरेको छ । संसदीय समितिको प्रतिवेदन अस्वीकार गर्दै उच्चस्तरीय छानविन समिति बनाउँनको उदेश्य नै भ्रष्टचार लुकाउँन रहेको नेता रामचन्द्र पौडेलले बताएका छन् ।
शुक्रबार तनहुँको दुलेगौडामा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले वाईडबडी प्रकरणमा सरकार आफै फस्ने डरले यस्तो कदम चालेको आरोप लगाएका छन् । उनले भने ‘प्रधानमन्त्री केपी ओलीले संसदीय सर्वोच्चता मिचेको मात्रै होइन । लेखा समिति अन्तरगतको उपसमितिको अपमान पनि गर्नुभएको छ,’ । बिमान खरिदमा भएको अनिमियतता र भ्रष्टचार ढाकछोप गर्न नै समिती बनाएको आरोप उनले लगाए । राजनिती गर्दा नेताहरु तीनतिर हुने तर ठुला ठुला प्रकरणमा भने नेताहरु एकसाथ हुनु ठुलो दुर्भाग्य भएको पौडेलको भनाई छ ।