पुष २०- वाईडबडी खरिद प्रकरणमा मुछिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीमाथि पनि कारवाही गर्न सरकारलाई यतिबेला चौतर्फी दबाब आईरहेको छ । जनतासंगै बिपक्षीबाट बिमान खरिदमा मन्त्री खरिदको पनि हात रहेको स्पष्ट छानबिन गरी कारवाही गरी पदबाट बर्खास्त गर्न माग भईरहेको छ । उता सरकारले भने दोषी प्रमाणित नभएसम्म कसैलाई कारवाही गर्न नमिल्ने बताउँदै आएको छ । यसैबीच मन्त्री अधिकारीलाई लिएर भईरहेको दबाबकाबीच नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उनलाई जोगाउँन लागि परेको बताईएको छ ।
आज अध्यक्षद्धयबीच भएको भेटघाट पनि मन्त्री अधिकारी केन्द्रित रहेको थियो । मन्त्री अधिकारीलाई बर्खास्त गरेर सरकारविरुद्ध नै नराम्रो सन्देश प्रवाह हुने डर प्रधानमन्त्री केपी शर्मा ओलीलाई छ । त्यसैले उनले यसबारेमा साझा धारणा तय गर्न र र जसरी भएपनि अधिकारीलाई बचाउन जुक्ति निकाल्न अर्का अध्यक्ष प्रचण्डसँग सल्लाह गरेका छन् ।
हिजो बिहीबार सरकारले संसदको सार्वजनिक लेखा समितिको उपसमितिले वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको भन्दै दिएको प्रतिवेदनलाई त्रुटीपूर्ण भन्दै वाइड बडी खरिदको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएको थियो ।
उता मन्त्री अधिकारी भने आपफुले बिमान खरिद गर्दा भ्रष्टचार गरेको भए राजनितीबाट नै सन्यास लिने बताउँदै आएका छन् । तर नैतिकताको आधारमा पनि उनले राजिनामा दिई छानबिनमा सहयोग गर्नु पर्ने टिकाटिप्पणीहरु यतिबेला भईरहेका छन्।