२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

“वाईडबडी प्रकरणका दोषीलाई पदमा बस्न नैतिक अधिकार छैन”

1331 Shares
Spread the love

पुष २०-  वाईडबडी खरिद प्रकरणमा भएको चरम अनिमियतता र भ्रष्टचारका बावजुद सरकारको मौनतालाई नयाँ शक्ति नेपालले गम्भिर आपत्ति जनाएको छ । एक बिज्ञप्ती जारी गर्दे बिमान खरिदमा व्यापक भ्रष्टचार भएको देख्दा देख्दै पनि सरकारले दोषीलाइ उन्मुक्ति दिन खोजेको भन्दै बिरोध जनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका डा . बाबुराम भट्टराई नेतृत्वको सो पार्टीले वाईडबडी खरिदमा भएको भ्रष्टारका दोषीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै कडा कारवाही गर्न माग गरेको छ ।

पार्टीका सामाजिक(राजनीतिक परिचालन समिति संयोजक नवराज सुवेदीले बिहीबार एक बिज्ञप्ती जारी गर्दै वाइडबडी प्रकरणमा संसदीय उपसमितिबाट दोषी ठहर भएका मन्त्रीहरू, सचिवहरू र निगमका महाप्रबन्धकलाई कारबाही हुनुपर्ने माग गरेको छ ।राष्ट्रलाई टाट पल्टाउने र घोटालालाई राजनीतिक ढाकछोप गर्ने प्रयत्न भइरहेको प्रति पार्टीको गम्भिर ध्यानार्कषण भएको भन्दै दोषीलाई कारवाही नगरे सशक्त संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

बिज्ञप्तीमा भनिएको छ ‘कुनै पनि बहानामा छानबिन उप-समितिको सिफारिश र ठहरलाई उल्टाउने दुष्प्रयास नगरी वाइडबडी विमान खरिद मिलेमतो र अनियमितताको अझै गहीरो छानबिन गरी सम्पूर्ण दोषीहरुमाथि सिघ्र कडा कार्वाहीको माग गर्दछौँ । दोषीहरुलाई बचाउने दुस्प्रयास कतैबाट भएमा पुनस् संघर्षमा उत्रन बाध्य हुने ब्यहोरा समेत जानकारी गराउँछौँ,’ ।

प्रतिक्रिया