२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

यी चाडहरुलाई समाबेश गर्दे १३ दिन सार्वजनिक बिदा दिने तयारी

5253 Shares

पुष १९-  सरकारले विभिन्न चाडपर्वका लागि थप १३ दिन सार्वजनिक बिदा गर्ने तयारी सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रीस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो ।

समितीले किराँत चार्ड उभौली र उधौलीका लागि दुई दिन, इदुल फित्र, बकरइद र मोहम्मद जयन्ती तीन दिन, किस्मस, एक दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वे ल्होसारमा तीन दिन, छठ, ऋषि पञ्चमी, माघी पर्व, र जनै पूर्णिमामा एकएक दिन बिदा दिने प्रस्ताव गरेको हो ।

थप १३ दिन बिदा दिने प्रस्ताव भने गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले गरेका हुन् ।

 

प्रतिक्रिया