काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका महत्वपूर्ण सदस्य स्टार लेग स्पीनर सन्दीप लामिछाने आफ्नो करिअरको पहिलो बंगलादेश प्रीमियर लिग (बीपीएल) टी ट्वान्टी खेल्न यति बेला बंगलादेशमा छन् ।
अष्ट्रेलियन बिग बाश लिग (बीबीएल) खेल्दा खेल्दै उनी बीपीएल खेल्न बंगलादेश लागेका हुन् । बंगलादेशमा रहँदा उनले पूर्व पाकिस्तानी क्याप्टेन तथा प्रशिक्षक वाकर युनुससँग पनि टिप्स लिइरहेका छन् । वाकर युनुससँग सन्दीपको एक तस्वीर सामाजिक सञ्जालमा शेयर भएको छ ।
वाकर युनुस कुनै बेला विश्कै सबैभन्दा खतरनाक फास्ट बलर मानिन्थे । बलिंगमा भेरियसनको प्रयोग गर्ने वाकर पहिलो बलनर मानिन्छन् । उनी एक ओभरमा ६ प्रकारका बल फ्याँक्ने बलरका रुपमा परिचत छन् ।
खेल जीवनबाट सनन्यास लिएपछि उनले पाकिस्तानी टिममा मुख्य प्रशिक्षकको भूमिका पनि निभएका थिए । उनै वाकरसँग सन्दीपले लिएको टिप्सले उनको खेल जीवनलाई थप परिस्कृत गर्ने अपेक्षा लिइएको छ ।
सन्दीप बीपीएलमा सिलेट सिक्सर टीमबाट खेल्नेछन् । अष्ट्रेलियन क्रिकेटर डेविड वार्नरको कप्तानीमा रहेको सिक्सरको पहिलो खेल ६ जनवरीमा ढाकामा कोमिला भिक्टोरियन्ससँग हुनेछ भने दोस्रो खेल ९ जनवरीमा ढाकामै चित्तोगोंग विकिंग्सविरुद्ध हुनेछ ।
यस्तै तेस्रो १२ जनवरीमा ढाका डाइनामाइटविरुद्ध हुनेछ भने चौथो खेल १५ जनवरीमा सिलेटमा कोमिला भिक्टोरियन्ससँग हुनेछ ।
पाँचौ खेलमा सिक्सरले १६ जनवरीमा सियालेटमा रंगपुर राईडर्सको सामना गर्नेछ । यस्तै १८ जनवरीमा सिलेटमा ढाका डाइनामाइटविरुद्ध छैटो खेल खेल्ने सिक्सरले १९ जनवरीमा ७ औं खेल रंगपुर राईड्र्सविरुद्ध खेल्नेछ ।
यस्तै २३ जनवरीमा खुलना टाइटन्सविरुद्ध ढाकामा ८ औं खेल खेल्ने छ भने २५ जनवरीमा चित्तोगोंगमा राजशाही किंग्सविरुद्ध खेल्नेछ ।
२६ जनवरीमा चित्तोगोंगमा खुलना टाइटन्सविरुद्ध ९ औं प्रतिस्पर्धा गर्ने सिक्सरले १० औं खेल ३० जनवरीमा चित्तोगोंगमा राजशाही किंग्सविरुद्ध
खेल्ने छ । सिक्सरको अन्तिम लिग चरणको खेल फेब्रअुरी १ मा ढाकामा चित्तोगोंग विकिंग्सविरुद्ध हुनेछ ।
यदि सन्दीपको टीमले प्लेअफमा स्थान बनाएमा उनी बंगलादेशमा रहनेछन् भने प्लेअफमा स्थान नबनाए उनी बीबीएलका बाँकी खेल खेल्न अष्ट्रेलिया जानेछन् ।
अष्ट्रेलियामा ४ खेल खेल्दा ८ विकेट लिएर सफल भएका सन्दीपले बीपीएलमा कस्तो प्रभाव देखाउँछन् त्यो भने खेलपछिमात्र थाहा हुनेछ ।