२०८१, ८ चैत्र शनिबार
×

ट्रेन्डिङ

जोडर्नमा एक महिनाको बीचमा २ नेपाली चेलीको रहस्यमय मृत्यु

2112 Shares
  • आशिस तामाङ

काठमाडौं– जोडर्नमा फेरि एक नेपाली युवतीको मृत्यु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा जोडर्नको इरबिद शहर स्थित क्लासिक एप्रिएल उद्योग पुगेकी युवतीको आफू बस्ने भवनको बाथरुममा झुन्डिएको अवस्थामा लास भेटिएको हो ।

सिन्धुपाल्चोक, बाह्रबिसे २ थापा गाउँ घर भएकी सरिता रसाइली (रोशनी) नाम गरेकी मृतक काठमाडौंको कमलपोखरी स्थित एस सी सी मेनपावरबाट रोजगारका लागि क्लासिक उद्योगमा गएकी थिइन । उक्त उद्योगमा गारमेन्टको कामका लागि गएकी थिए । एक महिना भित्र एउटै भवनमा २ नेपाली युवतीको रहस्यमय मृत्यु भए पछि नेपाली महिला कामदारहरु डर, त्रास फैलिएको छ ।

जोडर्न पुलिसले नेपालीहरुलाइ शव हेर्न नदिइ अपहरण शैलीमा लगे पछि सबै नेपाली आफ्नो डुयुटी छोडेर आन्दोलनमा उत्रिएका थिए ।“नेपाली हामी एक हौ ,अपराधीलाई फाँसी दे, हामीले न्याय पाउनु पर्छ , घटनाको छिटो छानबिन गर , नेपाली कामदारको शवलाई सर्बजनिक गर, नेपाली हामी झुक्दैन” लगायतका नारा लगाइ आन्दोलनमा उत्रिएका नेपाली कामदार माथि जोडर्न पुलिसले डुङ्गामुढा, असुल ग्यास, लठ्ठीचार्ज, तथा हवाई फायरिङ समेत गरेको थियो ।

जोडर्नको स्टलिङ ,सिडनी , मालीबान , मस एक्टिभ अल सफी, र क्लासिक एप्रिएल जस्ता उद्योगहरुमा लगभग ५ हजार १ सय नेपाली कामदार नेपाल बाट रोजगारको सिलसिलामा गरेको छ । क्लासिक उद्योगमा २ हजार ५ सय नेपाली कामदार काम गर्दै छन् ।

५–५ तलाको , २६ वाट भवनमा नेपाली कामदार हरुलाइ राखीएको छ । पुरुषलाई छुट्टै महिलालाई छुट्टै बस्ने भवनको व्यवस्था छ तर बेला बेलामा नेपाली महिलाहरुको भवनमा कहिले पानी बनाउने, बिजुली बनाउने बाहनमा जोडर्न पुरुषहरु प्रवेश गर्ने गरेको ती उद्योगमा काम गर्ने एक नेपाली महिलाले जानकारी दिएकी छिन् ।

६ महिना अगाडि यस उद्योगबाट झापा, बितमोडकी नाम परिवर्तन (मेनुका कार्की) बलात्कार भइ ८ महिनाको बच्चा पेटमा बोकी नेपाल फर्केका थिए । उनलाइ न त कम्पनीले नै क्षतिपुर्ति दियो न घरमा बस्नै दियो । अहिले उनी सहारा नेपालमा बसेकी छिन् ।

१ महिना अघि सिन्धुपाल्चोक सागचोकको १९ वर्षकी सारु थापालाई आफ्नै कोठामा जुत्ताको तुनाको पासो लगाइ झुन्डिएको मृत अवस्थामा भेटिएको थियो । घुडाले भुइँमा टेकेको थियो, जोडर्न पुलिसको रिपोर्ट अनुसार उनले आत्महत्या गरेको रिपोर्ट पठाएको थियो तर पीडित परिवारले भने हत्या गरेको आरोप छ । यो केस सेलाउन नापउदै , १० दिन पछी एक नेपाली चेलीले औषधि प्रयोग गराइएको थियो । तर समयमै अस्पताल पुर्याएर उनको भने नयाँ जिवान पायो , यी घाउहरु आलो नौ छ फेरि अर्को नेपाली चेलीको मृत्यु भएको छ ।

५ जना नेपाली महिला कामदारलाइ ७ महिना अघि एक नेपाली सुरक्षा गार्डसंग सामन्य विवादमा जेलमा थुनिएको थियो तर अहिले सम्म केही थाहा छैन, न त कम्पनी ले नै चासो लिन्छ न त पठाउनले मेनपावरले नै , जुन मुद्दा हल्ने नेपाली सुरक्षा गार्ड महिला नेपाल फर्के सकेकी छिन ।

नेपाल बाट आउनु भन्दा अगाडि एस सी सी मेनपावरको कर्मचारीको भनाइ “३ वर्ष सम्म हाम्रो जिम्मेवारी हो । केहि समस्य भयो भने हामीले नै हेर्नू पर्छ, बिरामी पर्दा औषधि उपचार कम्पनीले नै गर्छ” तर यहाँ बिरामी हुँदा नि आराम गर्न दिदैन, बिरामी भयो भनेर बस्यो भने कम्पनीको गाडीले लिन आउछ, औषधि उपचार खर्च नि तलबबाट काटौती गर्छ, टारगेट पुगेन भने गाली गर्ने, कराउने, जस्ता शरीरिर तथा मनसिक यातना दिन्छ । फ्री भिसा फ्री टिकेटको नाममा नेपाली महिलाहरुलाइ धेरै दुःख भएको एक नेपाली कामदार महिलाले बताइन् ।

एस सी सी मेनपावरका संचालक सबुल शाहले भने उक्त घटना नेपाली युवतीले आत्महत्या नै गरेको दावी गरेको छ । थुनामा रहेको नेपाली कामदार महिलाहरुको विषयमा जसले मुद्दा हलेको उसले फिर्ता लियो भने नेपाल झिकाउन सक्ने भनाइ छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन – ILO को महासन्धि नम्बर १६९ को (धारा २०) श्रमिक सम्बन्धि , (धारा २४ र २५) मा सुरक्षा र स्वास्थ्य सम्बन्धि नितिहरु उलंघन गरेको यस कम्पनीले पाइन्छ ।

उक्त उद्योगमा नेपाल , भारत , श्रीलंका , बाङ्लादेश लगायतका देशबाट कामदार लगेको छ ।

प्रतिक्रिया