२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अनमोल र साम्राज्ञीको भिडन्त ?

1422 Shares
Spread the love

नेपाली सिनेमा क्षेत्रका युवास्टार अनमोल केसीको यतिबेला निकै दबदबा छ । उनको स्टारडम , क्रेज , पारिश्रृमिकदेखि लिएर फिल्मको अफरहरुमा समेत उनलाई जित्न अन्य नायकहरुलाई गाह्रै छ । उनको लोकप्रियता देखेर नै उनको फिल्मसंग जुध्न अन्य फिल्मीकर्मीहरु चाहादैनन् । किनकी अनमोलको लागि मात्र भएपनि हल छिर्ने दर्शकहरु धेरै छन् । त्यसैले उनीसंग फिल्म जुधाउँन एक पटक निर्माता तथा बितरकहरुले सोच्छन् । किनकी उनको फिल्म कम्तीमा लगानीसम्म भने उठाउँने गरेको छ ।

यस्तोमा उनको फिल्मसंग अन्य फिल्म जुधाउँन सोच्ने नै गरिदैन तर उनै अनमोलको फिल्मसंग उनीसंगै डेब्यु गरेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको फिल्म भने जुध्ने भएको छ । मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म ब्याचलर बन्टीसंग साम्राज्ञीको फिल्म मारुनी जुध्ने भएको छ । हिजोमात्र ब्याचलर बन्टीको रिलिज मिती घोषणा गरिएको थियो भदौ १३ । यही मितीमा साम्राज्ञीको फिल्म आउँने भएपछि यसको चर्चा चुलिएको छ ।

त्यतीमात्र होईन यही मितीमा बिकास राज आचार्यको फिल्म हजार जुनीसम्म पनि आउँन सक्ने चर्चा भईरहेको छ । अनमोलको फिल्ममा डेब्यु नायिका उकुसा गिरीले अभिनय गर्देछिन् जुन फिल्मको सुटिङ बैसाखबाट हुँदैछ । उता मारुनीमा साम्राज्ञीसंगै पहिलो पटक पुष्प खड्काले स्क्रिन सेयर गर्देछिन् । फिल्मलाई नवल नेपालले निर्देशन गर्नेछन् भने पुजा गौतमले निर्माण गर्देछिन् ।

फिल्म माघको दोस्रोसाताबाट फ्लोरमा जाँदैछ । रोचक कुरा त छ भने अनमोलको नायिका बनिसकेकी साम्राज्ञीले ड्रिम्समा अनमोललाई नै केही ओझेलमा पारेकी थिईन् । अहिलेका चर्चित नायक र चर्चित नायिकाबीचको यो भिडन्त पक्कै रोचक हुनेछ यदि रिलिज पोस्टपोण्ड नभएको खण्डमा । अब हेरौँ कसको पल्ला भारी होला ।

प्रतिक्रिया