२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अदालतले मलाई न्याय दिने छ : सांसद चौधरी

740 Shares
Spread the love

काठमाण्डौं, पुस, १९ ।
सांसदमा निर्वाचित भएको झण्डै १३ महिनापछि सपथ लिएका रेशम चौधरीले अदालतले आफुलाई न्याय दिनेमा विश्वस्थ रहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा विहिबार सांसदको पद तथा गोपनियताको सपथ लिएपछि संचारकर्मीसंग संक्षिप्त प्रक्रिया दिदै चौधरीले आफुले न्याय पाउनेमा विश्वस्त रहेको बताउनुभएको हो । दोषी उम्किनुपर्छ भन्नेमा आफु नरहेको भन्दै उहाँले आफुमाथि राजनीतिक मुद्धा लागेकाले सोही अनुसार सम्बोधन गर्न आग्रह गर्नुभयो ।

राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रुपमा नै गरिनुपर्ने तर्क गर्नुभयो । उहाँले टीकापुर घटना सामाजिक सञ्जालमा जिस्काउने घटना नभई वर्गिय जातिय भावनालाई ठेस पुगेको घटना भएको भन्दै सो क्रममा झेलमा रहेकाहरुमाथि स्पष्ट छानविन गरि राज्यले सबैलाई न्याय दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “रेशम चौधरी भिख चाहन्न न्याय दिनुहोस् । ”

प्रहरीको फरार सूचीमा रहेकै समयमा चौधरी २०७४ मा मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्यको दोश्रो चरणको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । उहाँले वाम गठबन्धनबाट एमाले उम्मेदवार रहेकी गरिमा शाहलाई पराजित गर्नुभएको थियो । चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गर्नुभएको थियो । शाहले भने १३ हजार ४ सय ६ मत पाउनुभएको थियो ।

२०७२ साल भदौ ७ गतेको टीकापुर घटनाका मुख्य आरोपीका रुपमा प्रहरीको फरार अभियुक्तको सूचीमा नै रहेका बेला वारेसनामा मार्फत उहाँले उम्मेदवारी दर्ता गराउनुभएको थियो । चौधरीले गत असारमा कैलाली जिल्ला अदालत समक्ष आत्मसमर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया