लन्डन – गैर–आवासीय नेपाली संघ (एनआरएनए यूके) ले एक अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र पूर्व सभासद नगेन्द्र कुमालसँग एनआरएन यूकेले अन्तरकृया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एनआरएनएका अभियन्ताहरु लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थिति थिए ।

नेपालबाट आएका अन्य अतिथिहरुमा शालिग्राम अर्याल र कलाकार टंक बुढाथोकी पनि उपस्थित थिए । अल्डरशटस्थित एनआरएनए यूकेको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रवासी नेपालीहरु र तिनका समस्याहरुका बिषयमा छलफल केन्द्रित थियो । अन्तरकृया कार्यक्रमकी संयोजक एनआरएनए यूकेकी उपाध्यक्ष पुनम गुरुङले उपस्थित सबैलाई स्वागत गर्नुभयो । कार्यक्रम औपचारिक रुपमा महासचिव राज कुमार त्रिपाठीले संचालन गर्नुभएको थियो भने दोस्रो चरणमा उप महासचीव विनय अधिकारीले संचालन गर्नुभयो ।

कार्यक्रममा संघसंस्थाका प्रमुख प्रतिनिधिहरुमा भक्त गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङ, युवराज गुरुङ, जीव बेल्बासे, डेभिड गुरुङ, कमल गुरुङ, शेर सुनार, प्रेम गाहा, बिनय अधिकारी, होमनाथ पौडेल, रामचन्द्र गुरुङ, मिन गुरुङ, कुमार गुरुङ, क्रिस गुरुङ सहारा, हेम गुरुङ, दिल राज गुरुङ माछापुछ्रे, जुमकाजी बाचस्पती, कल्पना गुरुङ एशियन महिला यूके, समुन्द्र गुरुङ थाउजेण्ड गुरुङ, नारायण गुरुङ, दुत पुन, नेम थापा, पुरण गिरी, सपन गुरुङ, नरेश गुरुङ, क्या। राजु , क्या चित्र गुरुङ, नन्द कुमारी गुरुङ सहभागि थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङले गैर–आवासीय नेपाली नागरिकताको प्रकृति कस्तो हुने हो भन्ने जिज्ञासा राख्दै राजनैतिक नेताहरुले गैर–आवासीय नेपालीहरुको हितमा आफुले गर्न सक्ने कुराहरु मात्र प्रस्तुत गरिदिएर झुठो आस्वासन नदिन आग्रह गर्नुभयो ।
एनआरएनए यूकेका सल्लाहकार लक्ष बहादुर गुरुङ भूतपूर्व गोर्खाहरुको समानताको मुद्दामा नेपाल सरकारले कुटनैतिक भूमिका खेलेर र नेपाल–बेलायत सम्बन्धलाई नयाँ आयाम दिन मन्त्री गुरुङ र सभासद कुमाललाई आग्रह गर्नुभयो । अन्य वक्ताहरुमा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, आइसीसी सल्लाहकार सुरेन्द्र नेपाल श्रेष्ठ, आइसीसी सदस्य राम शरण सिम्खडा, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) महासचिव खुसी लिम्बु, एनआरएनए यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङले अतिथिहरुलाई स्वागत गर्दै आ–आफ्नो बिचार राख्नुभयो ।

आइसिसी उपाध्यक्ष कुल आचार्यले देशको समृद्दिको लागि एनआरएनए सरकारसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा नगेन्द्र कुमालले एनआरएनले उठाउँदै आएको मुद्धा सान्र्दभिक रहेको विचार ब्यक्त गर्नुभयो ।
सो अवसरमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले नेपालबाट आउनुभएको प्रमुख अतिथि तथा प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुगंलाई एक ज्ञापनपत्र बुझाउँदै गैरआवासीय नेपालीलाई नेपाली नागरिकता प्रदान गर्ने विषयमा सरकासँग यथाश्रिघ छलफल गराउन पहल गर्नुभयो । अध्यक्ष फगामीले सोही अवसरमा एनआरएन यूकेको तर्फबाट मायाको चिनोसमेत प्रदान गर्नुभयो ।
हाल नेताद्धय किरण गुरुङ र नगेन्द्र कुमाल बेलायतस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग भेटघाट गर्ने आ–आफ्नै दौडधुपमा हुनुहुन्छ । मन्त्री गुरुङ फो ल्होछारको अवसर पारेर तमुधीं यूकेको निमन्त्रणामा बेलायत आउनुभएको हो । उहाँको भोली जनवरी ३ मै नेपाल फर्किने योजना छ ।
त्यस्तै, बीपी मेलमिलाप दिवसको अवसरमा एनपीसीसी यूकेको निमन्त्रणामा बेलायत आउनुभएको नेता कुमाल जनवरी १३ मा युरोपका अन्य देशहरुतर्फ लाग्ने योजना छ । कुमाल नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का पूर्व केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ ।