२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

शपथ ग्रहणपछि सांसद चौधरीलाई फेरि कारागार लगियो

616 Shares
Spread the love

प्रतिनिधि सभाको निर्वाचन भएको एक बर्षपछि शपथ ग्रहण गराइएका कैलाली–१ का सांसद रेशमलाल चौधरीलाई फेरि कारागार फिर्ता लगिएको छ।

 शपथ ग्रहणका लागि सांसद चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरवारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा लगिएको थियो।

सांसद चौधरी निर्वाचित भएको राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको उपस्थितिमा उनले सभामुख महराबाट शपथ ग्रहण गरेका थिए।

शपथ ग्रहण सकिएलगत्तै उनलाई फेरि डिल्लीबजारस्थित कारागार लगिएको छ। राजपाले सांसद चौधरीको मुद्दा फिर्ता र रिहाईको माग गर्दै आएको छ।

प्रतिक्रिया