२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पोल्याण्डमा एक नेपाली व्यवसायीको हत्या

2361 Shares
Spread the love

फोटो  : वारसवा नन्स्टप डट पिएल


मित्र लाल पार्दे 
पोल्याण्ड। पोल्यायडमा रेस्टुरेन्ट व्यवसायी इश्वर श्रेष्ठको मृत्यु उनकै कामदार भारतीय नागरिकले  हत्या गरेपछि भएको खुलेको छ। शुक्रबार लेगिनोभ क्षेत्रबाट पोल्याण्ड वारसवा प्रहरीमा ईश्वर श्रेष्ठ हराएको रिपोर्ट गएपछि  पोल्याण्ड प्रहरीले उनको खोजी  सुरु गरेको थियो।

उजुरी परेको दोस्रो दिन शनिबार विहान  पोल्याण्ड प्रहरीले  ईश्वर श्रेष्ठको मृत शरीर कारभित्र फेला पारेको थियो।  उक्त रहस्यमय मृत्युको अनुसन्धानको लागि केही प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो। पोल्याण्ड प्रहरीले श्रेष्ठको दुई जना भारतीय नागरिकले हत्या गरेको जनाएको छ। श्रेष्ठले पोल्याण्डमा रेस्टुरेन्ट संचालन गर्थे।

उनको रेस्टुरेन्टमा भारतीय कामदारले काम गर्थे। रेस्टुरेन्ट मालिक श्रेष्ठसँग आन्तरिक विवाद बढेपछि श्रेष्ठको हत्या गरिएको पोल्याण्ड प्रहरीले पुष्टि गरेको छ। उनीहरुले यसअघि नै श्रेष्ठलाई मार्ने योजना बनाएकोसमेत खुलेको छ। श्रेष्ठको हत्या गरेको अभियोगमा दुवै जना भारतीय नागरिकलाई तीन महिनाकालागि जेल चलान गरेको प्रहरीले जनाएको छ।

अदालती प्रक्रिया र पोल्याण्डको कानुन अनुसार हत्या सम्बन्धि अपराधको प्रकृति हेरेर आठ वर्षदेखि २५ वर्षसम्म जेल सजाय हुन्छ। पोल्याण्डमा नेपाल सरकारको कुटनीतिक नियोग नहुँदा पोल्याण्डमा रहेका झण्डै दश हजार नेपालीले जर्मनीस्थित बर्लिन दूतावासको सहयोग लिनपर्ने अवस्था छ।

प्रतिक्रिया