२०८२, १० बैशाख बुधबार
×

ट्रेन्डिङ

हत्यारालाई सपथ खुवाउने तयारीप्रति नेपाल तरुण दलको आपत्ति

3672 Shares

काठमाडौं । टीकापुर हत्या काण्डका प्रमुख नाईके मानिएका रेशम चौधरीलाई सपथ खुवाउने तयारीप्रति नेपाल तरुण दलले विरोध जनाएको छ । तरुण दलले विज्ञप्ति निकाल्दै टीकापुर हत्या काण्डका दोषी चौधरीलाई कानुन विपरित जेलबाट निकाली सांसद पदको सपथ खुवाउने तयारी गरिएबाट नेपालको संविधान र कानुनी शासनको ठाडो उल्लंघन भएको भनिएको छ । विज्ञप्तिमा  भनिएको छ ,’यो पूर्णतया लोकतान्त्रिक मूल्य मान्यता बिपरित छ ।’

गत ०७२ साल भाद्र ७ गते टीकापुरमा भएको निर्मम र बर्बरतापूर्ण हत्या काण्डमा सात जना सुरक्षाकर्मी र नाबालकको हत्या भएको थियो । फरार चौधरीलाई प्रहरीले अदालतमा हाजिर हुन पुगेका बेला हिरासतमा लिएको थियो । हत्या काण्डका मुख्य दोषीलाई उल्टै सम्मान स्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा खटिएका प्रहरीको मनोबल गिर्ने मात्र नभई दण्डहीनता मौलाउने तरुण दलका महासचिव भूपेन्द्रजंश शाहीले बताए ।

सरकारको उक्त कदमले कानुनी राज्यको उपहास गरेको उनले बताए । ‘सरकारको अवैधानिक, निरंकुश र अमानबीय तथा अन्यायपूर्ण निर्णयको तरुण दलले घोर भत्र्सना गर्छ । सत्तामा टिक्ने स्वार्थका लागि हत्या गरिएका निर्दोष पीडित परिवारका सदस्यहरुलाई थप पीडा दिने हर्कत नगर्न सरकारलाई कडा चेतावनी दिन चाहान्छ,’ महासचिव शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया