1458
Shares

आशिस तामाङ
सिड्नी। तामाङ रिक्रियशनल क्लबले जनवरी २० मा पाँचौँ एक्सपर्ट एजुकेसन कप–२०१९ आयोजना गर्ने भएको छ।
अष्ट्रेलीयाको सिड्नीमा रहेको उक्त क्लबले नेपाली समुदायमा रहेका फुटबल खेलाडी र खेल प्रेमीहरूलाई एकै स्थानमा उपस्थित गराउने उद्देश्यका साथ यो प्रतियोगीता गर्न लागेको क्लबका अध्यक्ष ललित तामाङले जानकारी दिएका छन्।
उक्त खेल प्रतियोगीतामा २४ टिमको सहभागी रहने छ भने खेल Webbs ave, Auburn मा हुने क्लबका सचिव बैकुण्ठ डंगोलले जानकारी दिएका छन्।
क्लबको प्रथम पुरस्कारको राशी ३ हजार डलर रहेको छ भने अन्य पुरस्कार केहि समयपछि मात्र निर्क्यौल गर्ने क्लबका कोषध्यक्ष सुरज तामाङले जानकारी दिए।
उक्त कार्यक्रममा खेल संयोजक सन्तोष गुरुङ र राजु मानन्धर छन भने प्रशिक्षकका रुपमा ज्ञानक वाईवा रहेको आयोजकले जनाएको छ।