२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अष्ट्रेलीयाको सिड्नीमा २४ नेपाली फुटबल टोली भिड्दै

1458 Shares
Spread the love

आशिस तामाङ 

सिड्नी। तामाङ रिक्रियशनल क्लबले जनवरी २० मा पाँचौँ एक्सपर्ट एजुकेसन कप–२०१९ आयोजना गर्ने भएको छ।

अष्ट्रेलीयाको सिड्नीमा रहेको उक्त क्लबले नेपाली समुदायमा रहेका फुटबल खेलाडी र खेल प्रेमीहरूलाई एकै स्थानमा उपस्थित गराउने उद्देश्यका साथ यो प्रतियोगीता गर्न लागेको क्लबका अध्यक्ष ललित तामाङले जानकारी दिएका छन्।

उक्त खेल प्रतियोगीतामा २४ टिमको सहभागी रहने छ भने खेल Webbs ave, Auburn मा हुने क्लबका सचिव बैकुण्ठ डंगोलले जानकारी दिएका छन्।

क्लबको प्रथम पुरस्कारको राशी ३ हजार डलर रहेको छ भने अन्य पुरस्कार केहि समयपछि मात्र निर्क्यौल गर्ने क्लबका कोषध्यक्ष सुरज तामाङले जानकारी दिए।

उक्त कार्यक्रममा खेल संयोजक सन्तोष गुरुङ र राजु मानन्धर छन भने प्रशिक्षकका रुपमा ज्ञानक वाईवा रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया