२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

बलिउडमा गएपछि झन् हट बनिन् यी नेपाली नायिका (तस्विर सहित)

3426 Shares

नाईके , लुकामारी ,सुश्री , झेली लगायतका फिल्महरुका काम गरेकी नायिका सुरविना कार्की यतिबेला बलिउडमा जम्ने प्रयत्नमा छिन् । नेपाली सिनेमा क्षेत्रमा भने खासै नचलेकी सुरविनाले बलिउडमा अनुप खेरसंग एक्टिङ क्लास पनि लिईसकेकीछिन् ।

सुरविनाले मुम्बइमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् । साथमा, सोनी टेलिभिजनबाट प्रशारण भएको ‘दिल हि तो हे’मा समेत उनले काम गरिन् ।सुरविनाले १० दिनको छायांकन सकेको जानकारी दिइन्  साथै, उनी ‘जेली विन्स एजेन्सी’सँग आवद्ध भएर काम गरिरहेकी छिन् ।

यतिबेला विभिन्न अडिसन दिनमा व्यस्त रहेकी सुरविना बलिउडमै जम्नका लागि निकै बोल्ड पनि हुने गरेकीछिन् । त्यसोत उनी नेपाली पर्दामा पनि बोल्ड छबी भएकी नायिका नै हुन् । तर उनको बोल्डनेस छबीले नत कुनै फाईदा दियो अब हेरौँ उनको यो बोल्डनेस छबीले बलिउडमा भने कत्तिको साथ दिन्छ ।

 

प्रतिक्रिया