२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अन्तिम समयमा सर्‍यो प्रधानमन्त्रीको संसदमा आज हुने सम्बोधन

700 Shares
Spread the love

गत पुस ११ गते सुरू भएको संसदको हिउँदे अधिवेशनलाई पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बोधन गर्ने तय भएपनि अन्तिम समयमा आएर आईतबारका लागि सारिएको छ।

प्रधानमन्त्री ओलीले दिउँसो १२ बजे वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारका विषयमा संसदमा बोल्ने भनिए पनि अन्तिम समयमा आईतबाका लागि सम्बोधन सरेको हो।

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको थियो।

सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र दुई पूर्वपर्यटनमन्त्रीलाई दोषी ठहर गरी कारबाही सिफारिस गरेको छ।

प्रतिक्रिया